Saturday 10th October 2026

मोरङ र उदयपुरमा सवारी दुृृघटना हुँदा २ जनाको मृत्यु


तितोपाटी – मोरङ र उदयपुरमा शुक्रबार राती  सवारी दुर्घटना हुँदा दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–३ त्रियुगा चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २६ प ३०९९ नम्बरको मोटरसाइकल शुक्रबार बेलुका ७ बजे आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय धनकुमार राईको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ९ बजे न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।

उदयपुरको त्रियुगा नगरपालिका–७ मा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको लु ३ त ४४४९ नम्बरको ट्रयाक्टरले विपरित दिशावाट आउँदै गरेको लु ४९ प ४०७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा अर्को दुर्घटना भएको छ।

दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका–७ का ३५ वर्षीय कालिन्दा भण्डारीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ। उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार राति साढे ८ बजे भण्डारीको मृत्यु भएको हो। ठक्कर दिने ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...