Wednesday 15th July 2026

सरोकार समाजको नयाँ वर्ष सांगीतिक धमाका भव्य रूपमा सम्पन्न


तितोपाटी – नेपाल कुवेत सरोकार समाज कुवेतले नयाँ वर्ष २०७६ को अवसरमा अायोजना गरेको शुभकामना अादान-प्रदान तथा तेश्रो सांगितिक धमाका २०१९ अाज एक समारोह विच भव्य रूपमा सम्पन्न भएको छ । समाजले नेपालका चर्चित राष्ट्रिय कलाकार मेगा स्टार राजेश पायल राइलाइ अतीथि कलाकारको रूपमा कुवेत ल्याइ कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको कार्यक्रम हलमा सो साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

सँस्थाका अध्यक्ष राम तामाङको सभाध्यक्षता, नेपाली राजदूतावासका नवनियुक्त राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अातिथ्यता तथा एनअारएनए एनसीसी कुवेतकी अध्यक्ष सुमित्रा देवी पाैडेल लगायत कृयाशिल संघ सँस्थाका पदाधिकारीहरू तथा प्रतिनीधिहरू, पत्रकारहरू, वुद्धिजीवि, समाजसवी, सामाजिक अभियन्ताहरू लगायत  खचाखच दर्शकहरूको उपस्थिति रहेको थियो ।

सामुहिक रूपमा दिप प्रज्वलन तथा राष्ट्रय गानबाट अघि बढेको उक्त सांगीतिक कार्यक्रममा प्रमुख अतीथि महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी, अतीथिहरू एनसीसी कुवेतकी अध्यक्ष सुमित्रा देवी पाैडेल, जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, पत्रकार महासंघका सचिव अानन्द अाचार्य तथा समाजसेवी कुमार झापाली लगायतले सरोकार समाजले गरेका सामाजिक कार्यहरूको प्रसंशा गर्दै नयाँ वर्षको शुभकामनाको साथमा कार्यक्रम सफलताको शुभकामना दिएका थिए । उक्त सांगीतिक कार्यक्रममा उपस्थित सबै अतीथिहरू तथा दर्शकहरूलाइ सँस्थाका बरिष्ठ संरक्षक टिकाराम अाचार्यले स्वागत गरेका थिए भने कार्यक्रम  शुरेश ग्यावा तथा दिल कुमार पाख्रिनले संयक्त रूपमा संचालन गरेका थिए ।

विभिन्न प्राविधिक कारणले कार्यक्रम दिउँसो ३ बजे मात्रै शुरू भएको थियो भने कार्यक्रम संचालकहरूले सोही बमोजिम कार्यक्रमलाइ मिलाएर संचालन गरेका थिए । अपरान्ह ४ बजेतिर स्टेजमा अाएका नेपाली सांगीतिक दुनियामा विशेष स्थान बनाउन सफल अतीथि कलाकार राजेश पायल राइले ननस्टप डेढ घण्डाको सांगीतिक प्रस्तुति दिएर दर्शकहरूलाइ उधुम नचाएका थिए । “राइ इज किङ” उपनामले चिनिएका मेगा स्टार राइले स्टेजमा दर्शन नमस्ते, म त मर्छु कि क्या हत्र ठुली, बसमा छैन यो मन, धरान-धनकुटा-भेडेटार, दिक्तेल बजारमा लगायतका निकै चर्चित दर्जनाै गीतहरू तथा विभिन्न डान्सिङ नं. का गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाइ मन्त्रमुग्ध बनाइ पसिना पसिन भइन्जेल नचाए भने  समयाभावको कारण स्थानिय कलाकारहरूको धेरै प्रस्तुति नरहे पनि कलाकारहरूले २ वटा नृत्य र एउटा गीत प्रस्तुत गरेका थिए ।

अायोजकले नवनियुक्त राजदूतलाइ दोसल्ला ओढाएर स्वागत गरेको थियो भने कार्यक्रमको प्रायोजक गर्ने ओमान एक्सचेन्ज, ट्रान्सफास्ट लगायतलाइ मायाको चिनो दिएर सम्मान गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

सांसद ज्ञानेन्द्र शाहीले संसदमा दिएको अभिव्यक्ति नेपालको पछिल्लो राजनीतिक संस्कृतिको एउटा गम्भीर बहससँग जोडिन्छ लोकतन्त्रमा कुनै पनि जनप्रतिनिधिलाई सरकार, दल…

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई…

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

प्रतिकृयाहरू
...