Saturday 10th October 2026

चितवनमा २ फरक सवारी दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते


तितोपाटी – चितवनमा सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको भरतपुर महानगरपालिका ११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा ४ ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा ४६ प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका ५ का ३७ वर्षीय रेशमबहादुर गुरुङ रहेका छन् । उपचारका लागि भरतपुर अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो । सोही ट्रकले ठक्कर दिएपछि मोटरसाइकल साइकलमा ठोक्किएर साइकलयात्रि भरतपुर–११ गणेस्थानका श्यामकुमार श्रेष्ठ घाइते भएका छन्।

ठक्कर दिने ट्रक र ट्रकका चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छ ।

त्यस्तै बुधबार साँझ ५ बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २२४८ नंको हाइसले इच्छाकामना ४ लेवाटारमा विपरीत दिशाबाट आइरहेको ग ७ प ९३९८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोरखाका ३७ वर्षीय शम्भु खड्काको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

हाइससँग ठोक्किएपछि मोटरसाइकल चालक उछिट्टिएर पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख १९१२ नंको अर्को हाइसमा ठोक्किएको थियो । दुवै हाइस र चालक प्रहरी प्रहरी नियन्त्रणमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...