Tuesday 20th October 2026

भ्रष्टाचारको आरोप लागेपछि पेरूका पुर्वराष्ट्रपतिद्वारा आफैंले गोली हानी आत्महत्या


तितोपाटी – पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले आफैले गोली प्रहार गरी आत्महत्या गरेका छन्। उनले आफ्नै घरमा बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन्। उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीले जनाएका छन्।

घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो। पोस्टमार्टम गर्दा उनको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकले जानकारी दिएका छन्।

गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारसँग भने, ‘बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफँैले आफँैलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो।’


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...