Wednesday 29th July 2026

जेट एयरले कर्मचारीलाइ तलब नदिएपछि विमान कर्मचारी आन्दोलनमा


तितोपाटी – आर्थिक संकटले ग्रस्त भारतीय जेट एयरले महिनौंदेखि तलब नदिएपछि कर्मचारी आन्दोलित भएका छन्। दैनिक खर्च धान्न समेत मुस्किल भएको भन्दै कर्मचारीले आइतवार नयाँ दिल्लीमा प्रदर्शन गरेका हुन्।

उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोगका लागि समेत अनुरोध गरेका छन्। उनीहरुले सडकमै रुवाबासी गरेका थिए। भारतीय सञ्चार माध्यम दैनिक भास्करको अनलाइन संस्करणका अनुसार कर्मचारीलाई घर खर्च चलाउन समेत मुस्किल भएको छ।

परिवारका लागि आवश्यक खर्च कसरी जुटाउने भन्ने चिन्तामा उनीहरू पिरोलिएका छन्। छोराछोरीको विद्यालयको शूल्क बुझाउन र नियमित किस्ता तिर्न समेत मुस्किल छ। कतिपय कर्मचारीले आफ्ना सवारी साधन र गरगहना धितो राखेर काम चलाइरहेका छन्।

भारतको प्रमुख विमानसेवा कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि सो कम्पनीमा कार्यरत करिब २२ हजार कर्मचारी अहिले बिचल्लीमा परेका छन्। भारतमा पछिल्लो पाँच वर्षमा बन्द हुने यो सातौं एयरलाइन्स कम्पनी हो। बैंकको ऋणमा डुबेपछि जेयर एयरवेज आर्थिक संकटमा फसेको हो।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...