Monday 21st September 2026
Ads
Image

भेनेजुएलाको राजधानी काराकासमा उष्णकटिबन्धीय मौसमी प्रणाली (ट्रपिकल वेभ–४०) का कारण शनिबार परेको भीषण वर्षाले व्यापक बाढी निम्त्याएको छ। एल भाले नदी उफ्रिँदा मुख्य राजमार्ग, सडक तथा आसपासका बस्तीहरू डुबानमा परेका छन्। काराकास सरकारका प्रमुख नाहुम फर्नान्डेजका अनुसार केवल ४५ मिनेटको वर्षाले सामान्यतया दुई महिनामा पर्ने बराबर पानी खसालेको थियो। अत्यधिक…

Image

पश्चिम अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन स्थल (ल्याण्डफिल) पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। भारी वर्षापछि आइतबार बिहान फोहोरको थुप्रो खस्दा नजिकका बस्ती पुरिएका हुन्। घटनामा ६ जना गम्भीर घाइते भएका छन् भने उद्धार टोलीले अझै बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेको छ। सरकारका अनुसार…

Image

नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि सरकारले सबैभन्दा बढी प्रभावित झापा जिल्लाबाट वयस्क लक्षित खोप अभियान सुरु गर्ने तयारी गरेको छ। झापामा संक्रमित १० जनामध्ये ६ जनाको मृत्यु भइसकेको छ, जसका कारण मृत्युदर ६० प्रतिशत पुगेको छ। पछिल्लो डेढ महिनामा देशभर ५९ जना संक्रमित र २१ जनाको मृत्यु भएको…

Image

रुसमा अगस्ट महिनालाई "ब्ल्याक अगस्ट" अर्थात् दुर्भाग्यपूर्ण महिना मान्ने परम्परा फेरि चर्चामा आएको छ। विगतमा सोभियत संघको विघटन, आर्थिक संकट, चेचेन युद्ध, कुर्स्क पनडुब्बी दुर्घटना र जर्जियासँगको युद्धजस्ता महत्वपूर्ण घटनाहरू अगस्टमै भएका थिए। हाल रुसले युक्रेन युद्ध, इन्धन संकट, मूल्यवृद्धि तथा रुबलको कमजोरीजस्ता चुनौतीहरू सामना गरिरहेको छ। युक्रेनी ड्रोन आक्रमणका…

Image

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा सम्पन्न भएको छ। अधिवेशनमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनमा नेपालका लागि कुवेतका राजदूत घनश्याम लम्साल, एमालेका मध्यपूर्व इन्चार्ज रविन्द्र अधिकारी,…

Image

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले बारम्बार एउटै सन्देश पढिरहेकी थिई, “दिदी, मेरो पैसा कहिले फिर्ता आउँछ?” त्यो प्रश्नको जवाफ उसँग थिएन। केही महिनाअघि उसैले विश्वास दिलाएकी थिई, “मैले आफैँ सुरु गरेकी छु, केही हुँदैन।” आज…

Image

मध्य अफ्रिकी गणतन्त्र (CAR) को पश्चिमी क्षेत्र जाम्बोईस्थित सुन खानी क्षेत्रमा गएको पहिरोमा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ। क्यामरुन सीमाना नजिक भएको दुर्घटनामा हालसम्म १०७ शव निकालिएको स्थानीय अधिकारीहरूले बताएका छन्। अनौपचारिक (Artisanal) खानी सञ्चालन भइरहेको उक्त क्षेत्रमा सुरुङहरू भत्किँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। धेरै मानिस…

Image

रूसले बिहीबार राति युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणका कारण राजधानीका विभिन्न स्थानमा रहेका अस्पताल, विद्यालय, आवासीय भवन तथा गोदामहरू क्षतिग्रस्त भएका छन्। आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको…

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध “अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक अभियान” घोषणा गरेका छन्। उनले इरानसँग व्यापार वा आर्थिक सम्बन्ध राख्ने कुनै पनि देश, बैंक, कम्पनी वा संस्थालाई कडा आर्थिक प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। ट्रम्पले इरानमाथि दबाब बढाउन तेल व्यापार, वित्तीय कारोबार र अन्य आर्थिक गतिविधि पूर्ण रूपमा रोक्न सहयोगी…

Image

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण र २५ प्रतिशत प्रवर्द्धक पक्षबाट जुटाइनेछ। आयोजनाले निर्माण सुरु भएको चार वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। वार्षिक २,३१८ गिगावाट-घण्टा विद्युत् उत्पादन…