Sunday 8th June 2025

किरात याक्थुङ चुम्लुङको ८ अाैं वार्षिक उत्सव तथा चाैथो अधिवेशन फेब्रुअरी ८ मा हुने


तितोपाटी – किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८ २०१९ तारिक शुक्रबारको दिन गर्ने भएको छ । गत जनवरी ४ तारिक फर्वानिया पार्कमा चुम्लुङका अध्यक्ष श्री बल बहादुर काम्बाङको अध्यक्षतामा बसेको मासिक बैठकले लिम्बु जातीहरुको मौलिक परम्परा झल्किने प्रस्तुतीहरु साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा अधिवेशन भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

“हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भाषा–लिपि हाम्रो सान” भन्ने नाराका साथ हुन लागेको कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङ, कुवेतका पुर्व उपाध्यक्ष श्री हरि लावतीलाई जिम्मेवारी दिइएको छ । कुवेतमा क्रियाशिल सबै संघ संस्थाहरुसंग सहकार्य र हातेमालो गर्दै आएको यस चुम्लुङले सोहि दिन नया कार्यसमिती चयन गर्ने छ भने फर्वानिया स्थीत यूनिक अडिटोरियम हलमा कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम सफल पार्नको लागि कुवेतमा क्रियाशिल सम्पुर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिबी, समाजसेबी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि किरात याक्थुङ चुम्लुङले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको विवरणः
मिति : फेब्रुवरी ८, २०१९ शुक्रबार ।
स्थान : यूनिक अडिटोरियम हल, फर्वानिया ।
समय : मध्यान्ह १२:०० बजेदेखि ५:०० बजे सम्म ।


सम्बन्धित शीर्षकहरु

नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री एबम अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको…

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

प्रतिकृयाहरू
...