Friday 16th January 2026

ईराकमा काभ्रेका रुप बहादुरको मृत्‍यु,नेपाली दुताबास कुवेतले आबश्यक सहयोग गर्दै


हरि कृष्ण न्यौपाने-काभ्रेपलान्चोक घर भई केही समय देखी ईराकको इर्बिलमा कार्यरत ३३ बर्षिय रुप बहादुर गोलेको ईराकमै मृत्‍यु भएको छ।राहदानी नं:-०७४६३३३८ रहेका गोलेको गत नोभेम्बर-२७, २०१८का दिन मृत्‍यु भएको हो।

ईराकमा रहेका नेपालीहरुको पनि समस्या हेर्दै आएको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कमसंग भने” रुप बहादुर गोलेको ईराकको इर्बिलमा मृत्‍यु भएको र उनको शबलाई नेपाल पठाउने लगाएतको अन्य कानुनी प्रकृयाको लागि नेपाली दुताबास कुवेतले प्रकृया अगाडि बढाएको छ।”मगरले थपे”अस्पातलको रिपोर्टमा जनाईए अनुसार गोलेको श्वासप्रश्वास र मुटु रोगको कारण गत नोभेम्बर-२७ तारिक ईराकको एक अस्पातलमा मृत्‍यु भएको हो।

दितिय सचिब ज्ञान बहादुर मगरका अनुसार मृतक रुप बहादुरको श्रीमती बिष्णु माया गोले पनि ईराकको इर्बिलमै कार्यरत रहेकी छिन।उनी संग नेपाली दुताबास कुवेतको सम्पर्क भैसकेकोले मृतकको शबलाई नेपाल पठाउने लगाएत अन्य कानुनी प्रकृयाहरुमा नेपाली दुताबास कुवेतले आबश्यक साथ-सहयोग गर्ने छ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...