Thursday 17th September 2026

कुवेतमा प्रताडित छोरीलाई झिकाइदिन आमाको हारगुहार


तितोपाटी डट कम-वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २४ बर्षीया छोरीलाई स्वदेश फर्काउन मोरङकी एक महिला दुई महिनादेखि हारगुहार गरिरहेकी छन् । अवैध बाटो हुदै कुवेत पुगेकी छोरी प्रताडित भएको खबर पाएपछि उनी अताल्लिएकी हुन् ।

मोरङ सुन्दरहरैचा नगरपालिका–७ गछिया बजारकी ५२ वर्षकी विष्णु तामाङकी छोरी पूजालाई गत साउनमा स्थानीय सेरे भन्ने सरोज राईले कुवेत पठाएका थिए । राईलाई पक्रेर छोरीलाई झिकाउने पहल गर्न विष्णुले माग गरेकी छन् ।‘९० केडी दिने भन्दै कुवेत लगे,’ उनले भनिन्, ‘सुरुमा बच्चा हेर्ने काम छ भन्थी, अहिले अर्कै ठाउँ सरेकी छ रे । घर फर्कन दिएका छैनन् ।’

दुई महिनाअघि सारेको ठाउँमा छोरीलाई यातना दिइने गरेको विष्णुको भनाइ छ । आफूमाथि बारम्बार कुटपिट हुने गरेको छोरीले रुँदै टेलिफोनमा सुनाएको उनले बताइन् । पूजाले काम गरेको तलव पनि नियमित नपाएको र खानसमेत समयमा नदिइने गरेको विष्णु बताउँछिन् ।छिमेकीसमेत रहेका सम्धी रामबहादुर राईलाई लिएर विष्णु आइतबार छोरी खोज्न भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगर आइपुगेकी थिइन् । त्यहीँ भेटिएकी उनले भनिन्, ‘पठाउने मान्छेलाई समाते छोरी घर झिकाउँथे कि ?’

श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै तत्काल अबैध बाटो हुदै विदेश पठाउने सन्तोषलाई पक्राउ गरी कारवाही गर्न आग्रह गरेका छन् ।आठ बर्षअघि सन्तोष तामाङसँग विवाह गर्दा पूजा मात्र १६ वर्षकी थिइन् । उनको वैवाहिक जीवन सुखद हुन सकेन । श्रीमानसँग सम्वन्ध बिग्रिएपछि ७ बर्षीय छोरीको लालनपालनका लागि पूजा विदेशिएकी हुन् ।

-साभार-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...