Tuesday 14th July 2026

कुवेतबाट छुट्टी जाँदा श्रम गर्न अनिवार्य रुपमा राजदूतावासको सिफ़ारिस पत्र लानु पर्ने


हरि कृष्ण न्यौपााने -कुवेतबाट नेपाल छुट्टी जादा श्रम लिनु पर्ने कामदारले अनिवार्य रुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने  नियम लागु भएको छ । 

नेपाली राजदूतावास कुवेतका अनुसार”दूतावासमा औपचारिक पत्र अझै आएको छैन तर पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र पेश गर्न निर्देशन जारी गरिएको छ।छुट्टी जाने कामदारहरुलाई केही झन्झटिलो भए पनि कामदारकै सुरक्षाका लागी यो नियम कार्यान्वयन हुने हुदा कुवेतबाट छुट्टी जान चाहाने जो कोही नेपालीले दूतावास पुगि उक्त सिफ़ारिश पत्र लिनु पर्ने दुताबासको तर्क छ । 

सिफ़ारिश पत्र लिन जाँदा एउटै कम्पनीमा(पहिलेको श्रम स्वीकृतीमा ऊल्लेख गरिए अनुसार) काम गरी छुट्टी जानेलाइ  र ऊक्त कम्पनीमा फर्किनेको लागी सेवा सुविधा सहितको सामान्य पत्र लेखिने छ भने कुवेत आई भिषा तथा कम्पनि फेरबदल गरेकाहरुलाइ विशेष पत्र लेख्नु पर्ने हुदा छुट्टि जानु भन्दा १५ दीन  पहिला दूतावासमा सम्पर्क गरि सक्नु पर्ने छ ।

सिफ़ारिस पत्र लिदा लाग्ने शुक्ल: 

भिषा र कम्पनि पुरानै भएमा  – ४ केडी 

नयाँ कम्पनी परिवर्तन गरेकाे भएमा- १७ केडी

पेश गर्नु पर्ने आबश्यक कागजातहरु:-

पुरानै कम्पनि भएकालाई – कुवेतको सिभिल आईडि मात्र । 

नयाँ कम्पनी परिवर्तन गरेकाहरुको लागी:-

१-कुवेतको सिभिल आईडि 

२- हाल कार्यरत कम्पनीको अटोमेटोकिया(कम्पनी लाईसेन्स) र स्पोन्सरको कुवेतको सिभिल आईडि कपि।

३- कुवेत मिनिष्ट्री अफ पब्लिक वर्कद्वारा जारी कम्पनी र कामदार बीचको सम्झौता पत्र( दुबै पार्टीले सहि गरेको २ पेजको पत्र)

४- कामदारको ईज्नामेल पेपर


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

अमेरिका–इरान द्वन्द्व तीव्र बन्दै गएको छ। सैन्य आक्रमण, हर्मुज जलडमरूमा तनाव, तेल आपूर्तिमा असर र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक…

रिपोर्टहरूका अनुसार इरानबाट यात्रु बोकेको एक विमान यमनमा अवतरण गर्ने क्रममा विमानस्थलको धावनमार्गलाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरिएको दाबी गरिएको…

प्रतिकृयाहरू
...