Wednesday 5th August 2026

अख्तियारद्वारा नक्कली श्रम स्वीकृति दिने २५ जना बिरूद्ध भ्रष्टाचार मुद्दा


तितोपाटी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतो र घुसखोरीका आधारमा श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान चाहने महिला श्रमिकहरुलाई श्रम स्वीकृतिका क्रममा उनीहरुले अनियमितता गरेको अख्तियारको आरोप छ । अख्तियारले ‘विचौलियाको मिलेमतोमा विना भिसा र गलत कागजातका आधारमा श्रम स्विकृती प्रदान’ गरेको आरोपमा उनीहरुमाथि भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

भ्रष्टाचार मुद्दा दायर गरिनेमा शाखा अधिकृतहरु हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेश विक्रम शाह, दिनेश कुमार राई, पवित्रा श्रेष्ठ, रामप्रसाद ओली छन् । नासुहरु अमरराज जोशी, विष्णुहरी निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भूषाल, नरेन्द्रप्रसाद गौतम, रविन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री, केशवराज ढुंगानालाई पनि मुद्दा चलाएको छ । कम्प्यूटर अपरेटरहरु चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीर सिंह भाट र राजकुमार शाही समेत २५ जनालाई मुद्दा चलाएको हो । यी कर्मचारीहरु भने हाल वैदेशिक रोजगार विभागबाट अन्यत्र सरुवा भइसकेका छन् ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले प्रक्रिया मिचेर गलत कागजातका आधारमा उनीहरुले कामदारहरुलाई खाडी पठाइएको बताए । ‘कतिपयलाई विना कागजात पठाएको भेटियो भने कतिपयलाई नक्कली कागजातका आधारमा श्रम स्विकृती दिएको भेटियो,’ दंगालले कान्तिपुरसित भने, ‘दुई महिनाको अवधिमा गरिएका निर्णयहरुमाथि अनुसन्धान हुँदा मुद्दा चलाइएको हो ।’ अख्तियारले २०७४ साल भदौं ९ गतेदेखि कार्तिक ८ गतेसम्म दुई महिनाको अवधिमा गरिएको श्रम स्विकृतीका फाइलहरुको अध्ययन गरेको थियो । यो अवधिमा १ सय ८४ जना महिलाले श्रम स्वीकृति लिएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा आगामी केही दिन अत्यधिक गर्मी रहने मौसमविद्हरूले चेतावनी दिएका छन्। कुवेत मौसम विभागका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा तापक्रम…

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतको नयाँ दिल्लीबाट आयोजित पत्रकार सम्मेलनमा आफू डिसेम्बर २०२६ भित्र बंगलादेश फर्कने घोषणा गर्दै कुनै…

इरान र ओमानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य (Strait of Hormuz) मा प्रस्तावित सुरक्षित जहाज आवतजावत…

प्रतिकृयाहरू
...