Wednesday 14th January 2026

मलेसियामा कामदार पठाउने प्रकृया अागामी कात्तिक १२ गते बाट पुनः सुचारू हुने


तितोपाटी – गत जेठदेखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ। यसकालागि मलेसिया र नेपाल सरकारबीच आगामी कार्तिक १२ गते श्रम संझौता हुने तय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री एम कुलसागरन कार्तिक ११ गते नेपाल आउने निश्चित भएको छ। कुलसागरन र नेपालका श्रम रोजागार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टबीच कार्तिक १२ गते हस्तारक्षर हुने कार्यक्रम तय भएको छ। हस्तक्षर भएसंगै नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ। ‘मलेसियाका मानवसंसाधन मन्त्री यमओयूका लागि नेपाल आउने निश्चित भइसकेको छ,’ मन्त्रालयका सचिब महेशकुमार दाहालले भने,‘हस्ताक्षर संगै श्रमिक आपूर्तिका अवरोध हटनेछ र सोही संझौताका प्रावधान अनुसार प्रक्रिया सुरु हुनेछ।’

यही आसोज १२ गते नेपाली कामदारले रोजगारीका लागि मलेसिया जानलाग्ने भिषासंबन्धी सबै खर्च रोजगारदाताले व्यहोर्ने गरी मस्यौदा पत्रमा सहमति जुटेको थियो। यो सहमतिसंगै कामदारले मलेसिया जान खर्चदै आएको करिब १ लाख रुपैयाँ जोगिनेछ। समझदारीमा नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति छ।यमओयुमा हस्तारक्षर भएपछि नेपालसरकारले मान्यता दिएका जुनसुकै स्वास्थ संस्थाबाट गरिएको मेडिकल परीक्षणले मान्यता पाउनेछ।

स्वास्थ परीक्षण, भिषा प्रोसेसिङ लगायतका कार्यमा केही सस्थाले कामदारमाथि आर्थिक शोषण गरिरहेको भन्दै सरकारले गत जेठदेखि सरकारले मलेशिया कामदार पठाउने सबै प्रक्रिया रोकेको थियो। मेडिलक गर्न भिसा प्रकृया अगाडि वढाउन भन्दै बायोम्याट्रिक, भिएलएन, माइग्रामलगायतका कम्पनीले कामदारमाथि शोषण गर्दै सिण्डिकेट खडा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...