Saturday 12th September 2026

भ्रष्टाचारको संरक्षणमा फस्टाउँदै विश्वव्यापी ठगी उद्योग


विश्वभर ठगी (Scam) का घटना बढिरहेका छन्। कृत्रिम बुद्धिमत्ता (AI) लगायत नयाँ प्रविधिका कारण ठगी अझ जटिल र प्रभावकारी बन्दै गएको छ। सन् २०२४ मा मात्रै विश्वभर करिब १ ट्रिलियन अमेरिकी डलर बराबरको रकम ठगीमार्फत हिनामिना भएको अनुमान गरिएको छ।

ठगी केन्द्रहरू (Scam Centres) सञ्चालन हुन भ्रष्टाचार मुख्य कारण बनेको छ। घुस, राजनीतिक संरक्षण र कानून कार्यान्वयन निकायसँगको मिलेमतोका कारण यस्ता आपराधिक सञ्जालहरू सुरक्षित रूपमा सञ्चालन भइरहेका छन्।

म्यानमार, जर्जिया, युक्रेन र कम्बोडिया लगायतका देशहरूमा सरकारी अधिकारी वा राजनीतिक प्रभावशाली व्यक्तिहरूले ठगी केन्द्रलाई संरक्षण दिएको आरोप लागेका छन्। यस्ता केन्द्रहरूमा धेरै कामदारहरू झूटा रोजगारीको प्रलोभनमा पारेर मानव तस्करीमार्फत पुर्‍याइन्छ र उनीहरूलाई जबर्जस्ती काम गर्न बाध्य बनाइन्छ।

विशेष आर्थिक क्षेत्र (SEZ), सीमावर्ती क्षेत्र तथा कमजोर निगरानी भएका स्थानहरू यस्ता ठगी केन्द्रका प्रमुख आधारस्थल बनेका छन्। दक्षिण–पूर्वी एसियाका धेरै देशमा निजी क्षेत्रको घुसखोरी नियन्त्रणसम्बन्धी कानुन र सूचनादाता (Whistleblower) संरक्षण कमजोर भएकाले समस्या झन् गम्भीर बनेको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले यस्ता ठगी केन्द्र नियन्त्रणका लागि भ्रष्टाचारविरुद्ध कडा कानुनी व्यवस्था, क्षेत्रीय सुरक्षा निकायबीच सहकार्य, मानव तस्करीमा संलग्न अधिकारीमाथि कारबाही तथा सूचनादाता र अनुसन्धानात्मक पत्रकारहरूको संरक्षण आवश्यक रहेको जनाएको छ।

साभारः Transparency International
तस्बिरः AI


सम्बन्धित शीर्षकहरु

मलेसियामा बस्दै आएका रोहिङ्ग्या शरणार्थीहरू विरुद्ध सामाजिक सञ्जालमा घृणायुक्त सन्देश र गलत सूचना फैलिन थालेपछि उनीहरूको अवस्था झन् कठिन बनेको…

साउदी अरबको महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइन प्रणाली माथि बिहीबार ड्रोन आक्रमण भएको छ। साउदी ऊर्जा मन्त्रालयका अनुसार आक्रमणपछि सुरक्षा सावधानीस्वरूप…

चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन्। उनको भारत भ्रमण सात…

प्रतिकृयाहरू
...