स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा KYC अद्यावधिक लगायतका सेवा अब HIB e-Portal मार्फत अनलाइन रूपमा उपलब्ध गराएको छ।
नयाँ प्रणालीबाट नागरिकले www.eportal.hib.gov.np मा गई स्वयं वा दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन, नवीकरण गर्न तथा विवरण अद्यावधिक गर्न सक्नेछन्। प्रणालीलाई राष्ट्रिय परिचयपत्र (NID) सँग समेत जोडिएको छ भने प्रिमियम भुक्तानी eSewa, Khalti र Connect IPS बाट गर्न सकिने व्यवस्था गरिएको छ।
बोर्डका अनुसार यसले स्वास्थ्य बीमा सेवालाई थप सहज, छिटो र पारदर्शी बनाउनुका साथै डिजिटल सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।