Monday 3rd August 2026

आगामी तीन दिन देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना


जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। विभागका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही क्षेत्रमा भारी वर्षा रेकर्ड गरिएको छ।

लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ। काठमाडौं उपत्यका, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक हुँदै बग्ने साना नदी तथा खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको चेतावनी दिइएको छ।

ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन तथा नवलपरासी लगायत जिल्लाका साना खोलानालामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

मनसुन सक्रिय रहने भएकाले पहिरो, डुबान र बाढीजन्य जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।


सम्बन्धित शीर्षकहरु

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण…

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क…

अष्ट्रेलियामा घातक H5N1 बर्ड फ्लु का कारण वन्यजन्तुहरूको पहिलो सामूहिक मृत्यु पुष्टि भएको छ। दक्षिण अष्ट्रेलियाको केप जाफ्फा नजिकको बाउडिन…

प्रतिकृयाहरू
...