Tuesday 30th June 2026

जर्मनीमा हेरचाह केन्द्रमा संदिग्घ व्यक्तिले गोली चलाउँदा ६ जनाको मृत्यु


जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। सबै मृतकहरू हेरचाह केन्द्रका कर्मचारी (४ महिला र २ पुरुष) रहेका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न मुख्य संदिग्ध ४५ वर्षीय जर्मन नागरिक (टर्की मूलका) हुन्, जसलाई अर्को एक व्यक्तिसहित पक्राउ गरिएको छ। घटनापछि उनी भाग्ने क्रममा पक्राउ परेका थिए र अन्य कुनै आरोपित फरार छैनन्।
प्रारम्भिक अनुसन्धानले यो घटना “पारिवारिक विवाद”सँग सम्बन्धित भएको देखाएको छ। विशेष गरी बच्चाको अभिभावकत्वको विषयमा विवाद यसको प्रमुख कारण मानिएको छ।
गोलीकाण्डका बेला संदिग्धकी ३ महिनाकी छोरी र आमासमेत त्यहीँ रहेका भए पनि उनीहरू सुरक्षित रहेका छन्।
अधिकारिहरूले यस घटनामा कुनै राजनीतिक वा आर्थिक उद्देश्य नभएको बताएका छन् र यसलाई अत्यन्त क्रूर पारिवारिक हिंसाको घटनाको रूपमा व्याख्या गरेका छन्।

https://www.dw.com/en/germany-at-least-6-killed-in-shooting-in-stade/a-77754951


सम्बन्धित शीर्षकहरु

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको…

कराची मा शनिबार राति भएको आक्रमणपछि पाकिस्तानी रेंजर्सको सिंध क्याम्पमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (ISPR)…

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

प्रतिकृयाहरू
...