Thursday 29th January 2026

निर्वाचनका लागि दर्ता भए ८० दल


फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन्।

आयोगमा कुल १३४ दल रहेका छन्। तीमध्ये ८० दलले दल दर्ता गराएका हुन्। आजमात्रै १६ दल दर्ता भएको भट्टराईले बताए। बुधाबारसम्म दल दर्ताको समय रहेकाले यो सङ्ख्या थप बढ्ने आकलन गरिएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...