Sunday 20th September 2026

साउदी अरेबियामा कफाला प्रणालीको अन्त्य


साउदी अरेबियाले काफाला प्रणाली (स्पोन्सर प्रणाली)लाई अन्त्य गरेको छ । यो श्रमिकहरूका लागि प्रायोजक (स्पोन्सर) मोडेल थियो, जसले लाखौँ विदेशी श्रमिकहरूको जीवन र अधिकारहरूलाई नियन्त्रित गरेको थियो ।

साउदी शासन प्रणालीमा प्रवासी कल्याण र श्रम अधिकारहरूलाई सुधार गर्ने दिशामा यो एक ऐतिहासिक कदम भएको बताइएको छ । यो सुधारबाट करिब एक करोड ३० लाख प्रवासी श्रमिकहरू मुख्यतायाः अधिकांश दक्षिण र दक्षिण–पूर्व एसियाका लाभान्वित हुने अपेक्षा गरिएको छ ।

काफाला प्रणालीको अन्त्य युवराज मोहम्मद बिन सलमान को भिजन २०३० योजनाको हिस्सा भएको बताइएको छ । यो एक महत्वाकांक्षी प्रयासको उद्देश्य साउदी अरबको अर्थतन्त्रलाई विविधीकरण गर्नु, तेलमाथिको निर्भरता कम गर्नु र विश्वसामु आधुनिक, प्रगतिशील छवि प्रस्तुत गर्नु रहेको बताइएको छ ।

नयाँ ढाँचाअन्तर्गत साउदी अरब करार–आधारित रोजगारी प्रणालीतर्फ अगाडि बढ्ने बताइएको छ, जसले श्रमिकहरूलाई अधिक स्वतन्त्रता प्रदान गर्नेछ । प्रवासी कर्मचारीहरूले अब आफ्नो वर्तमान शेख वा कफिलको स्वीकृतिबिना रोजगार बदल्न सक्नेछन् । उनीहरू अब आफ्नो कफिलको सहमतिबिना देश छाड्न पनि स्वतन्त्र हुनेछन् ।

यसका अतिरिक्त, श्रम अदालत र गुनासो संयन्त्रसम्मको पहुँच विस्तार गरिएको छ, जसले श्रमिकहरूलाई उल्लंघनहरूको रिपोर्ट गर्न र अधिक सुरक्षितरूपमा न्याय प्राप्त गर्न अनुमति दिनेछ ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...