Sunday 21st December 2025

कस्तो रह्यो गायिका पुजाको यसपालिको तीज दुबईमा


तितोपाटी- पछिल्लो महिनाहरु नेपालभरी विभिन्न ठाउँमा आयोजना भएका तीज विशेष कार्यक्रमहरुमा अत्यन्त व्यस्त रहेकी चर्चित गायिका पूजा सुनुवार अन्तमा  तीजको समापन गर्न भने युएई पुगेकि छिन् र त्यहाँ सबैलाई नचाएकी छिन् ।

हिन्दु नारीहरुले मनाउने महान चाड तीजको अवसर पारेर युएईमा रहेका नेपालीहरुले तीज फेस्टिभल म्युजिक धमाका -२०१८ नामक भव्य साँस्कृतिक कार्यक्रम आयोजना गरेका कारण पूजा त्यहाँ कलाकारहरुको एक टोलिका साथ पुगेकी हुन् ।

नेपाली साथी समूह नामक संस्थाको आयोजना तथा कोईच अनलाइन खबर डटकमको प्रस्तुती रहेको उक्त तीज विशेष कार्यक्रममा नेपालबाट गायिका पूजा सुनुवार संगै लोकदोहोरी गायिका आयुशा सुनुवार मोडल तथा नायिका प्रशंसा सुनुवार तथा अर्का उदियमान गायिका निर्जला सुनुवार त्यसतर्फ गएका थिए ।

नेपाल बाट गएका कलाकारहरु संगै कार्यक्रममा थुप्रै स्थानीय कलाकारहरुले समेत आफ्नो कला पस्किएका थिए । कार्यक्रमका विशेष सहयोगी काशी सुनुवार तथा संयोजक मोहन सुनुवारका अनुसार कार्यक्रम सोचेभन्दा धेरै राम्रो भएको थियो भने दर्शक स्रोताहरुको सहभागिता पनि उत्साहजनक रहेको थियो ।

आफ्नो कला,संस्कृति र परम्परालाई सम्मान गर्ने प्रवासमा बस्ने नेपालीहरुको पहलमा तीजको दोस्रो दिन यहि १४ सेप्टेम्बरमा आयोजित उक्त तीज धमाका कार्यक्रम सम्पन्न गरेर नेपालबाट गएका कलाकारहरुको टोलि अहिले स्वदेश फर्किने क्रममा रहेको बुझिएको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...