Tuesday 13th January 2026

कांग्रेस सभापति देउवा भन्छन:- सत्ता गठबन्धन बीच कुनै बिबाद छैन


पुर्वप्रधानमन्त्री एबम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबिच कुनै विवाद नरहेको बताएका छन् । थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ आइपुगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको कुराकानीमा अहिलेको सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् ।
सत्ता गठबन्धनबिच खटपट सुरु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्तो कुनै प्रकारको समस्या नरहेको सभापति देउवाले बताए । सत्ता समीकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाई रहेकोछ । सभापति देउवा परराष्ट्रमंत्री समेत रहेकी श्रीमती आरजु राणा सहित –परिवारै थाइल्यान्ड भ्रमणमा गएका थिए ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...