Friday 11th September 2026

कल्याणकारीको चाैथो अधिवेशन सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा सम्पन्न हुने


तीतोपाटी – कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ शुक्रबारका दिन फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा सम्पन्न हुने भएको छ । संस्थाले यसअघि अधिवेशनको मिति तय गरेपनि कार्यक्रम हल भने भरखरै टुंगो लगाएको हो ।
अधिवेशन आयोजक समितिका संयोजक तथा संरक्षक निरज सिंह ठकुरीले अधिवेशनका लागि नेपाली राजदूतावास लगायत सम्पुर्ण संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूलाइ निमन्त्रणा पठाइसकिएको जानकारी दिंदै अधिवेशन समारोहलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरेका छन् ।

“हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिदै आएको छ भने भलिवल खेलमा समाजको भलिबल टिम अग्रणी स्थानमा रहेको छ ।

समय समयमा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरेर नेपाली समाज कुवेतलाइ भरपुर मनोरन्जन समेत प्रदान गर्दै आएको यस संस्थामा वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका जो कोही पनि युवाहरू आवद्द हुन सकिने लचकता भएकोले पनि यस संस्थामा जोडिने युवाको संख्या दिनानुदिन बढ्दो छ भने संस्थालाइ समय सापेक्ष विकसित र परिमार्जित गर्दै लैजाने क्रममा चाैथो अधिवेशन सम्पन्न गर्न लागिएको संरक्षक ठकुरीले बताए ।

संस्थाकाे चाैथो अधिवेशनको कार्यतालिका यस प्रकार रहेको छ ।

मितिः सन २०२५ अप्रिल ४ तारिक शुक्रबार ।
स्थानः सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्ट फरवानिया, अल्घानिम इलेक्ट्रोनिक्सको माथिल्लो तला ।
समयः बिहान ११ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म ।

विस्तृत जानकारीको लागि सम्पर्कः
निरज सिंह ठकुरी (संरक्षक तथा कार्यक्रम संयोजक) – 55610651
सुबास श्रेष्ठ (अध्यक्ष) – 50740848
नबराज पराजुली (सल्लाहकार तथा कार्यक्रम सह-संयोजक) – 50616895
अाङनोर्बु शेर्पा (महासचिव तथा अायोजक) -65055828

पुनश्चः संस्थाले कुवेतमा रहेका समाजसेवी, वुद्धिजीवि, खेलाडी, कलाकार लगायत सबैलाइ सम्झिएर निमन्त्रणा गरिसकेको बताउँदै यदि कसैलाइ निमन्त्रणा पत्र प्राप्त नभएको भएमा पनि यसै समाचारलाइ अाधार मानी कार्यक्रममा उपस्थिति जनाइ अातिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दै उक्त दिन अन्य कुनै कार्यक्रम नजुधाइदिनु हुन पनि अाग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...