Thursday 30th July 2026

कल्याणकारीको भलिबल प्रतियोगिताको टाइसिट परदेशी हातेमालो रेष्टुरेण्ट मंगाफमा हुने


कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना हुन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक शुक्रबार हुने भएको छ भने यस अघि माहबुलामा हुने भनिएको टाइसिट परदेशी हातेमालो रेष्टुरेण्टको सभाकक्ष मंगाफमा हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा टिम दर्ता शुल्क २० केडि सहित भलिबल खेल्ने खेलाडीको नामावली टाइसिटको समयमै पेश गर्नु पर्ने टाइसिटको लागि टिम मेनेजर वा टिम क्याप्टनले भाैतिक रूपमा उपस्थित हुनु पर्ने, टेलिफोन सम्पर्कबाट टिम दर्ता नगरिने जनाइएको छ । त्यसै गरि भलिबल खेल खेल्ने खेलाडीको सिभिल आइडी कपि अनिवार्य गरिएको पनि आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगिताबारे जानकारीको लागि तपसिल बमोजिमका व्यक्तिहरूलाइ सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

कार्यक्रम संयाेजक नबराज पराजुली – 50616895
अध्यक्ष सुबास श्रेष्ठ – 50740848
टिम मेनेजर मदन पनेरू -98039897
टिम ब्यबस्थापन मेनेजर – निरज श्रेत्री – 92221235
टिम प्रशिक्षक ईस्वर श्रेष्ठ – 65118518
टिम क्याप्टेन राज कुमार नेपाली – 99819841
काेषाध्यक्ष बिष्णु गिरि – 66191895


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...