Wednesday 8th April 2026

“कल्याणकारी-हाला कप” भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक हुने


कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना हुन लागेको “कल्याणकारी-हाला कप” अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक शुक्रबार हुने भएको छ । भलिबल प्रतियोगिता आयोजक समितिका संयोजक नबराज पराजुलीले दिएको जानकारी अनुसार भलिबल प्रतियोगिताको टाइसिट माहबुला स्थित भलिबल मैदानमा साँझ ५ बजे हुनेछ ।

आयोजकले प्रतियोगितामा प्रथम हुने टिमलाइ २५१ केडि नगदको साथमा ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने जनाएको छ । त्यसै गरि द्वित्तीय र तृतीय हुने टिमलाइ क्रमश १५१ र ७५ केडि नगद पुरस्कारको साथमा ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने भएको छ ।

प्रतियोगितामा टिम दर्ता शुल्क २० केडि तय गरिएको जनाउँदै टाइसिटको लागि टिम मेनेजर वा टिम क्याप्टनले भाैतिक रूपमा उपस्थित हुनु पर्ने, टेलिफोन सम्पर्कबाट टिम दर्ता नगरिने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...