Tuesday 28th July 2026

अमृत खातीको नाचौ घुमी घुमी बोलको गितलाई ह्याटि्रक अवार्ड


बसन्त थापा – पाचौं छायाछवि तीज अवार्ड २०७५ मा गायक अमृत खातीले उत्कृष्ट गायकको अवार्ड सहित खाती र स्मृती गौतमको गित नाचौ घुमी घुमी बोलको गित बाट ह्यटृक गर्दै ३ वटा अवार्ड हात पारेका छन।

सोही कार्यक्रममा जीवन अर्यालको उत्कृष्ट सब्दमा बिक्रम चौहानको निर्देशन र अनु शाह र सन्जिव ठकुरीको अभिनय रहेको गित बाट समेत गायिका स्मृती गौतम गायिका र सुनिल लामिछानेले उत्कृष्ट कम्पनिको रुपमा अवार्ड प्राप्त गरेका छन

गायक खातीको यो अवार्ड पहिलो भने होइन केहि महिना पहिला मात्र मलेसिया बाट पनि अवार्ड प्राप्त गरेका थिए।यसरी अवार्ड पाउँदा उनी जती खुसी भए उनका शुभचिन्तक त्यो भन्दा धेरै खुसी देखिएको खाती बताउन्छन ।

देश बिदेशका विभिन्न कार्यक्रममा जाने क्रम उत्तिकै बढिरहेको र हालै कुवेतको एक संस्कृतिक कार्यक्रम सकेर नेपाल फर्केका खातीले कुवेतमा कार्यरत नेपाली हरुलाई आफ्नो प्रस्तुतिमा झुमाएका थिए।

छायाछवि कृयसनले आयोजना गरेको उक्त पाचौं छायाछवि तीज अवार्ड कार्यक्रम भने काठमाडौं सेलिब्रेशन पार्टी प्यालेस नक्सालमा सम्पन्न गरिएको थियो


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...