Sunday 27th September 2026

कुवेतमा किरातीहरुको महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार कार्यक्रम हुने


कुवेतमा बसोबास गर्ने किराती समुदायले “भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने नाराका साथ किरातीहरुको महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार को भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ।

यस अवसरमा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ, जसमा नेपालका अतिथि कलाकारको समेत विशेष प्रस्तुति रहनेछ।

कार्यक्रमका विशेषताहरू:

• शुभकामना आदान प्रदान कार्यक्रम
• किराती परम्परागत नृत्य, र सांस्कृतिक झाँकी
• नेपालका अतिथि कलाकारको विशेष प्रस्तुति
• कुवेतस्थित नेपाली समुदायबीच एकता र सहकार्यको सन्देश

सम्पूर्ण नेपाली समुदायलाई निमन्त्रणा

आयोजक संस्थाहरूले कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई चाडको महत्त्वलाई अझ सशक्त बनाउन आह्वान गरेका छन्।

आयोजक संस्थाहरू:

१. किरात याक्थुङ चुम्लुङ, कुवेत
२. किरात राई यायोक्खा, कुवेत
३. सुनुवार सेवा समाज, कुवेत

कार्यक्रमका मुख्य विवरण:

• मिति: २०२४ डिसेम्बर २० (शुक्रबार)
• स्थान: राजधानी प्यालेस, कुवेत
• समय: बिहान ११:०० बजे

थप जानकारीका लागि आयोजक प्रतिनिधिसँग सम्पर्क गर्न सकिनेछ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...