Sunday 22nd March 2026

दमन गरेर शासन चलाउन नसकेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको बहिर्गमन


देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।उनले सोमबार राजीनामा दिएसँगै देश छाडेकी छन् भने छिमेकी देश भारतको शरणमा पुगेकी छन् ।

सरकारी जागिरमा अारक्षण हटाउन माग गर्दै एक महिना अगाडि शुरू भएको विद्यार्थीहरूको अान्दोलन दबाएर हिंसात्मक रूपमा अघि बढेकी प्रधानमन्त्री हसिनाले पुरै सुरक्षा फाैज लगाएर प्रदर्शन रोक्न खोज्दा पनि असफल भएपछि देश छोड्न बाध्य भएकी हुन्

गत ४ कार्यकालदेखि सत्तामा रहेकी हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् । त्यसैको फल स्वरूप गत आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए ।

विद्यार्थी अान्दोलन दबाउन बल प्रयोग गरेर सयाैंको हत्या र हजाराैं हजार प्रदर्शनकारी पक्राउ गरिरहेको शेख हसिनाको सरकारले प्रदर्शनलाइन नियन्त्रण गर्न त परै जाओस देश विदेशबाट समेत बंगलादेशी नाकारिकहरूले प्रधानमन्त्रीको विपक्षमा उत्रिएपछि सिंगो देश नै हसिनाको विरोधमा उत्रिएको थियो ।

प्रधानमन्त्रीले देश छोडे लगत्तै प्रधान सेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्दै छिट्टै नै सर्वपक्षीय सरकार बनाउने घोषणा गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...