Wednesday 16th September 2026

उपसभामुख प्रकरणमा रास्वपाले भन्यो– आर्थिक लेनदेन भएको तथ्यगत आधार देखिँदैन


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गरेको छ ।

भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ ।

रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् ।

एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् । आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ । त्यसको सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको रास्वपाले जनाएको छ ।
‘भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाले मंगलबार इस्लाम धर्मको सबैभन्दा पवित्र सहर मक्काको बाहिरी क्षेत्रमा हुथी विद्रोही समूहको एक ड्रोन खसालेको जनाएको छ। यस…

साउदी अरबको लाल सागरस्थित यान्बु बन्दरगाहबाट कच्चा तेलको लोडिङ अस्थायी रूपमा रोकिएको र युरोपतर्फ पठाउने केही सेप्टेम्बर अन्त्यका तेल ढुवानी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसका डिजेल भण्डार र ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न आग्रह गरेका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...