Thursday 15th May 2025

समुन्द्री आँधी बेरल टेक्सस पुग्यो , १३०,००० भन्दा बढी ग्राहकहरू बिजुलीविहीन ह्युस्टन घुम्रपात (टोर्नाडो ) को निगरानीमा


एजेन्सि- समुन्द्री आँधी बेरल टेक्सस पुगेको छ भने अहिले बिहान सम्म १३०,००० भन्दा बढी ग्राहकहरू बिजुलीविहीन हुन् पुगेका छन् । टेक्ससमा नजिकै ८० माइल प्रतिघण्टाको गतिमा हावा चलेको सिएनएनले जनाएको छ ।

टेक्ससमा आज बिहान बेरल समुन्द्री आँधीले राज्यलाई प्रभाव पार्दा बिजुली अवरुद्ध भइरहेको छ। पावरआउटेज युसका अनुसार बिहान ५ :२६ सम्म १ लाख ३२ हजार ग्राहकहरू बिजुलीविहीन भएका छन् ।

त्यस्तै ह्युस्टन शहर क्षेत्रमा ७० लाखभन्दा बढी मानिसहरु बिहान ११ बजेसम्म घुम्रपात (टोर्नाडो ) को निगरानीमा रहेका छन् । राष्ट्रिय हुरी केन्द्रका अनुसार बिहान ५ बजेको अद्यावधिक अनुसार समुन्द्री आँधि बेरलले माटागोर्डा बीच नजिकै श्रेणी १ मा आँधीको रूपमा जमिनमा अवतरण गरेको छ।

जमिनमा आएको समयमा बेरलमा ८० माइल प्रतिघण्टाको हावा थियो। भारी वर्षा, आँधीबेहरी, र तेज हावा पूर्वी टेक्ससको धेरै भागमा जारी रहनेछ । कुल ५-१० इन्च बर्ष र १५ इन्च पुगे अपेक्षा गरिएको छ ।

बेरल मंगलबार बिहान अर्कान्सासमा सर्ने पूर्वानुमान गरिएको छ। बेरल समुन्द्री आंधी टेक्ससमा जुन २६, १९८६ मा आएको थियो भने करिब ४० वर्षमा यो मौशममा आएको सबैभन्दा प्रारम्भिक समुन्द्री आँधी हो।


सम्बन्धित शीर्षकहरु

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट…

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

प्रतिकृयाहरू
...