Monday 7th September 2026

अरब टाईम्स मा हाम्रा राजदुत


आज प्रकाशित अरब टाईम्समा कुवेत स्थित नेपाली राजदुतको भनाई उदृत गर्दै समाचार प्रकाशित भएको छ । उक्त समाचार केही दिन अघि नेपाली दुतावासले होटल क्राउन प्लाजामा आयोजना एक कार्यक्रमको सन्र्दभमा राजदुतले दिएका अभिव्याक्ति हुन ।

नेपाल सरकारका राजदुतहरुले प्राय विदेशमा रहेर गर्ने कुराहरुमा मेनपावर उपलब्ध गराउने कुरा साझा अभिव्याक्ति का रुपमा रहेको पाईन्छ । त्यसमा पनि उनीहरु नेपाल बाट दक्ष कामदार अझ डाक्टर र नर्स दिने कुरा गर्दछन तर पत्याई दियोस कसले ? नेपालमा नै डाक्टर र नर्सको हाँहाकार भईरहेको बेला कहाँबाट ल्याएर दिने हुन त्यो उप्परवाला जानोस । विगतमा बेलायत ले नर्स को माग गर्दा माग गरिएको कोटा बराबरको आवदेन नपरेको र परेकाहरु पनि भाषिक ज्ञानको अभावमा छनौटमा नपरेको घटना ताजै छ । हिजो का दिन मा कुवेतमा काम गरेर फर्किएका सवै राजदुतले यसै भन्ने गरेका थिए तर दुतावास स्थापनाको १५ बर्ष सम्ममा पनि उनीहरुको कुरा कसैले पत्याई दिएनन वा सुनेनन । सवै ले बोल्ने गरेको होटल पनि त्यही हो ।

राजदुतको भनाई जस्ताको तस्तै

कुवेत सिटी,: कुवेतका लागि नेपाली राजदूत घानश्याम लम्साले आफ्नो देशले अहिले आफ्नो देशबाट डाक्टर र नर्सलगायत दक्ष कामदार भर्ना गर्ने विषयमा कुवेतसँग वार्ता गरिरहेको खुलासा गर्नुभएको छ । लगानीका उपलब्ध अवसरहरू प्रस्तुत गर्न नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै; लम्सालले कुवेतमा झण्डै एक लाख नेपाली कार्यरत रहेको र धेरै नेपाली नर्सहरू निजी अस्पतालमा कार्यरत रहेको बताए ।

नेपाल र कुवेतबीच, कुवेत एयरवेज र जजिरा एयरवेजले दुईवटा सिधा उडान गरिरहेको उनले बताए । २०२३ मा झन्डै एक हजार कुवेतीले आफ्नो देश भ्रमण गरेको जनाउँदै कुवेतले अनलाइनबाट नेपाल प्रवेश गर्न वा नेपाल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि भिसा लिन सक्ने उनले बताए। हाल आफ्नो देश र कुवेतबीचको व्यापारिक आदानप्रदान न्यून रहेको पनि उनले बताए। नेपालमा उपलब्ध गलैंचा, खाद्यान्न, कृषि उत्पादन, पर्यटन, प्रविधि र ऊर्जा जस्ता लगानीका अवसरहरू प्रकाश पार्दै उनले आफ्नो देशले फ्री रेमिट्यान्स र मनी ट्रान्सफर लगायतका विदेशी लगानी अभिवृद्धि गर्ने सुविधा उपलब्ध गराएको बताए ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य १२औँ दिन पनि जारी छ। परराष्ट्र मन्त्रालयका अनुसार…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

प्रतिकृयाहरू
...