Friday 13th June 2025

किअर स्टार्मर बने बेलायतका नयाँ प्रधानमन्त्री


बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर प्रधानमन्त्री बनेका छन् । बिहीबार सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले ४१२ सिटसहित भारी बहुमत प्राप्त गरेपछि स्टार्मर प्रधानमन्त्री नियुक्त भएका हुन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासन अन्त्य गर्दै लेबर सत्तामा आएको हो । लेबरका अन्तिम निर्वाचित प्रधानमन्त्री सर टोनी ब्लेयरको लिडरसीपमा उक्त पार्टीले सन् १९९७ मा ऐतिहासिक ४१८ सिट जितेको थियो ।

यसपटक लज्जास्पद हार बेहोरेको सत्तारुढ कन्जरभेटिभ पार्टीका नेता प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार बकिङ्घम प्यालेसमा राजा चार्ल्ससमक्ष आफ्नो राजीनामा बुझाएपछि राजाले स्टारमरलाई प्रधानमन्त्री नियुक्त गर्दै अर्को सरकार बनाउन आमन्त्रित गरेका थिए ।

सत्तारुढ कन्जरभेटिभले पार्टी इतिहासमै सबैभन्दा नराम्रो पराजय भोगेको छ, जसले १२१ सिटमात्र जित्यो । सन् २०१९ को आमनिर्वाचनमा कन्जरभेटिभले ३६५ सिट ल्याएको थियो ।


सम्बन्धित शीर्षकहरु

अहमदाबाद विमान दुर्घटना: गृहमन्त्री अमित शाहले भने, "यात्रुका आफन्तको डीएनए नमूना लिइएको छ" गुजरातमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएपछि गृहमन्त्री…

इजरायलको अर्थतन्त्रको लचिलोपन बुझ्नको लागि, संकटको समयमा देशको सामना गर्ने क्षमतालाई प्रतिबिम्बित गर्ने वस्तुनिष्ठ तथ्याङ्क हेर्नुपर्छ। "फलामको तरवार" युद्धको सुरुवातमा,…

मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले विपक्षी दलहरू, निजामती कर्मचारीहरू, शिक्षकहरू र सेनासँग असन्तुष्टिको संकेतहरूको बीचमा तीव्र विरोधको सामना…

प्रतिकृयाहरू
...