Tuesday 1st September 2026

नेकपा एमाले सरकारबाट बाहिरियो


नेकपा एमाले सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका छन् ।

चार महिनाअघि कांग्रेसलाई बिपक्षमा धकेलेर प्रमुख सत्ता साझेदारकारुपमा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीसहित सरकारबाट बाहिरिएको छ । बुधबार अपरान्ह एमालेले सरकारलाइ दिएको समर्थन फिर्ता लिएको हो ।

यस अघि गत सोमबार राती कांग्रेस र एमालेबीच सो आलोपालो सरकारको नतृत्व गर्ने सहमतिसहित गठबन्धन गर्ने सहमति भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएपछि पार्टीबाट मन्त्रीहरुलाई बुधबार साँझ बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेका थिए । लगत्तै मन्त्रीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । वर्तमान सरकारमा एमालेबाट आठ जना मन्त्री थिए ।


सम्बन्धित शीर्षकहरु

फुटबलका महान खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले सोमबार इन्स्टाग्राममार्फत…

रसुवास्थित त्रिशूली नदी किनारका जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका ६ सयभन्दा बढी कामदारको उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले सुरुङसम्म…

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

प्रतिकृयाहरू
...