Saturday 6th July 2024

मुश्किलमा रास्वपा र प्रचण्ड – सम्पादकिय


नेपालको राजनितीमा सरकार परिवर्तन भईरहने खेल कहिले सम्म जारी रहन्छ कसैले भन्न सक्ने अवस्था छैन । नेताहरु को बोलीको कुनै भरोसा छैन । यो वा त्यो को कुरा होईन तीनै ठुला दलका नेताहरु एक ले अर्कोलाई छक्काउने र लडाउने खेलमा छन ।

यसपाली ओलीले बडो गजब को बदला प्रचण्ड सँग लिएका छन । उनले बदला लिने तयारी गर्दैछन भन्ने कुरा त माधव नेपालको पार्टीको अधिवेशनमा उनले उपेक्षा गरेको घटनाले देखाई सकेको थियो । एउटा सत्ता मा रहेको गठबन्धन को महाधिवेशनलाई एमाले ले अघोषित रुपमा बहिस्कार गरेर त्यसको संकेत दिईसकेको थियो ।

अहिले भएको सत्ता परिवर्तनको तत्कालिन कारण जे भए पनि मुख्य कारण प्रचण्ड माथि ओलीको अविश्वास नै हो । प्रचण्डलाई सिद्धयाउने ओलीको यो सबै भन्दा उत्तम विकल्प कांग्रेसलाई साथ मा लिनु नै थियो । कांग्रेस पनि प्रचण्डको धोका को बदला लिने दाउमा छदै थियो । तत्काल कांग्रेस यति हतारिएर ओली लाई समर्थन गर्न आउनुको पछाडीको कारण भनेको चाही रबी वा रास्वपा नै हो । सिरोहिया समाते देखि नै कांग्रेस अतालिएको थियो । सानातिना भुरे टाकुरे कांग्रेस कार्यकर्ताहरु जो अपराध र ठगीमा छन तीनीहरुको सुरक्षा चासो कांग्रेसको केन्द्रमा थियो । ती सहकारी ठगीको सञ्जालमा सवै भन्दा धेरै थिए ।

बादलको छोरा प्रतिक पक्राउ पर्दा कांग्रेस लाई टाउको दुःखेको थिएन । प्रचण्ड पनि बादल सँग बदला लिन का लागि रबीको काधमा बन्दुक थमाउन पाएकोमा खुशी नै थिए तर बेचन झा जब समातिए तब कांग्रेस अतालियो । बेचन झा को सम्बन्ध सिधै कांगे्रसको उच्च तहमा थियो । खासगरेर भूटानी शरणार्थि काण्डमा उनी मार्फत आरुजु लगायत अरु धेरै को पोल खुल्ने र समातिने डर ले देउवा कांगेस अतालियो ।

प्रचण्ड सत्ता भत्काएको ओली ले जस्तो देखिए पनि त्यो भत्काउने मुख्य भूमिकामा रास्वपा आफै छ । रास्वपा कि त थन्किएका फायल खोल्न पर्ने नत्र सता छोडन पर्ने अवस्थामा पुगेको थियो । रास्वपाको क्रेज रबी एक्सन मा नगएकोले घट्दो क्रममा थियो । रबीलाई थाहा थियो उनले कडा कदम चाल्ने वित्तिकै त्यहाँ समस्या आई लाग्छ नभन्दै त्यस्तै भयो तर उनको एक्सन ढिलो भएको मा भने सर्वत्र गुनासो छ । त्यसो त फायल तयार गर्न पर्ने भएका ले समय लाग्यो भनेर उनले सफाई दिदै आएका पनि हुन त्यसमा कति पत्याउने कति नपत्याउने मानिसमा दुविधा थियो । जब रास्वपा आफै भित्र कलहपूर्ण अवस्थामा पुग्यो तब रबी होसमा आए तर यो काम ढिला भईसकेको थियो । उनलाई किनारा लगाउनेहरु ले उनको योजना को सुईको पाईसकेका थिए र आफ्नो ईगो त्यागेर एमाले रिझाउन कुनै कसर बाकी राखेनन । अब मुश्किलमा रास्वपा र प्रचण्ड दुवै पर्ने देखिन्छ ।

सत्ता परिवर्तनसँगै गिरिबन्धु काण्ड र नक्कली भूटानी शरणार्थि काण्ड फच्चे हुने भयो । कांग्रेस पनि सुरक्षित र एमाले पनि सुरक्षित, अब को सरकारले हिम्मत भए क्यान्टोमेन्ट खोल्न पर्दछ । रबीको सहकारी मा संलघनता देखाउने चुनौती छ त्यसको सामना गर्न पर्दछ । कांग्रेस ले गृहमन्त्रालय लिने चर्चा छ उसले जीवी राईलाई पक्रेर ल्याउन पर्ने हुन्छ । तर ओली सत्ता को आयु पनि कति हो यसै भन्न सकिन्न । यो सत्ता गठबन्धन मा उनीहरुको आपसमा कुनै कुरा मिल्दैन । मिल्नै नहुनेहरु मिल्नु भनेको उनीहरु माथि निक्कै ठुलो संकट आएको छ भन्ने संकेत पनि हो । प्रचण्ड को अब को खेल भनेको देउवा लाई चारो हाल्ने र पुन यो गठबन्धन टुटाउने हुने छ त्यसका लागि उनले रास्वपा लाई मनाए पुग्छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित “प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल…

शीत लघु काव्यका परिकल्पनाकार एवं दुई दर्जनभन्दा बढी कृतिका लेखक साहित्यकार पुष्कर अथक रेग्मी आधुनिक कला साहित्य संस्कृति सम्मानद्वारा सम्मानित…

बेलायतमा मतगणना पूरा हुनुअघि नै लेबर पार्टी विजयी भएको छ । लेबर पार्टीको नेतृत्व गरेका सर केयर स्टारमर बेलायतको आगामी…

प्रतिकृयाहरू
...