Tuesday 14th July 2026

“मान्छेका रङहरू” (पुस्तक परिचय)


पुष्कर अथक रेग्मी – साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह ‘मान्छेका रङहरू’ भित्र मूल्य रू.१५०/- रहेको साना ठूला गरी १०६ वटा कविताहरू संगृहित रहेका छन् । कविताहरूलाई मुख्यतः पाँच खण्डमा वर्गीकरण गरिएको छ । पहिलो खण्डमा २४ वटा मसिना कविताहरू रहेका छन्। यी कविताहरू त्रिपदीयदेखि अष्टपदीय स्वरूपसम्मका छन् । द‍ोस्रो खण्डमा गध शैलीका १६ वटा कविताहरू रहेका छन् ।तेस्रो खण्डमा ५+७+५=१७ अक्षरको संरचनामा लेखिएका १८ वटा हाइकु कविताहरू रहेका छन् । चौथो खण्डमा रूवाइ शैलीमा लेखिएका ३५ वटा मुक्तकहरू रहेका छन् भने अन्तिम पाँचौं खण्डमा १३ वटा लामा कविताहरू संगृहित रहेका छन् ।

साहित्यकारद्वय प्राज्ञ बुँद राना र विजय सागरको महनीय अभिव्यक्ति संगै कवि निराकार स्वयंको मेरो भनाइ शीर्षकमा लेखकीय रहेको कृति प्रिय पाठकहरूलाई समर्पण गरिएको छ । विशेषत : यो कृति लेखक ७५ वर्ष प्रवेशको उपहारको रूपमा आएको छ । कृति पठनीय , उदाहरणीय र संग्रहणीय रहेको छ ।

‘मन’ तीन तिर
डुलाउने व्यक्ति
नेपालका ‘मन्त्री’ हुन्छन्

‘मन्त्री’ शीर्षकको त्रिपदीय कविताबाट शुभारम्भ भएको कविता संग्रह ‘ सिद्धार्थ अहिले जन्मिए के हुन्थे ‘ शीर्षकमा गएर समापन भएको छ । कथा संग्रह समयको पर्खाल ( २०४६),कविता संग्रह लोकतन्त्रको शंखनाद (२०६२), पत्र सञ्चयन ( २०६३),संयुक्त कथा संग्रह विवरूका कथाहरू (२०६५),कथा संग्रह एउटा वस्तिको कथा ( २०७१), खनाल वंशावली (२०७४) र लघुकथा संग्रह नयाँ शालिकको जन्म ( २०८०) साहित्यकार वनमाली निराकारका अन्य प्रकाशित कृतिहरू हुन् ।

वि.सं. २००६ साल चैत ७ गते जन्मनु भएका साहित्यकार निराकारको ओैपचारिक नाम वनमाली राज शर्मा खनाल हो । पाल्पा तानसेन धुब्रघाट निवासी माता नेत्र कुमारी शर्मा र पिता शोभाकर शर्माको सुपुत्र वनमाली निरकार नेपाली साहित्यमा विशेषत कवि र कथाकारको रूपमा प्रतिष्ठापित नाम हो । साहित्यकार निराकारको बाँकी जीवन कविता र कथामय बनिरहोस् । सुदीर्घजीवनको प्रार्थना !


सम्बन्धित शीर्षकहरु

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

प्रतिकृयाहरू
...