Tuesday 22nd September 2026

अर्थमन्त्री पुनद्वारा १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट प्रस्तुत


अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेस गरेका छन्।

अर्थमन्त्रीले पेश गरेको बजेट अनुसार चालु खर्च तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च तर्फ ३ खर्ब ५२ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो। कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ खर्ब ८ अर्ब ८७ करोड विनियोजन रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट रु. ५२ अर्ब ३३ करोड व्यहोर्दा रु. ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब १७ अर्ब ६७ करोड जुटाइने र रु. ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।

बजेटको पूर्णपाठ हेर्नुहोसः
बजेट मस्यौदा २०८१ जेठ १५ गते


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...