Tuesday 7th July 2026

सुन्तले बचत कोष कुवेतले नेपालका आगलागी पीडितलाइ रू. २१ हजार १५५ सहयोग


सुन्तले बचत कोष कुवेतले नेपालका आगलागी पीडितलाइ रू २१ हजार १५५ सहयोग गरेको छ । आगलागी पीडित बाराहापोखरी २ सुन्तले बिसुन्तुङका भिम ब.राईलाई सुन्तले बचत कोषको टिमले सो रकम सहयोग गरेको कुरा केदार अाले मगरले तीतोपाटी डट कम लाइ जानकारी गराएका हुन् ।

बाराहपोखरी २ सुन्तले वडा कार्यलयमा वडाका वडासदस्य बम ब.दाहाल,समाजसेवी ध्यान कुमार राई,श्री ज्यू मा.बिका प्र.अ. दल ब.दाहाल,लेखापाल डिल्ली श्रेष्ठ,मेलमिलाप केन्द्रका सदस्य पुर्ण मगर,शिक्षक तिर्थ कुमार मगर,चन्द्र नारायण श्रेष्ठ लगायत स्थानिय अभिभावकहरुको उपस्थितमा सुन्तले बचत कोष कुवेतले संकलन गरेको सहयोग रकम समाजसेवी केदार आले मगरले आगलागी पीडित भिम ब. राईका श्रीमती रमा राईलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण पछि केदार आले मगरले सहयोगी मित्रहरु अनिल राई,जगत राना मगर,गुना राई,राम मगर,सुर्य राना मगर लगायत सम्पुर्ण सहयोगी मित्रहरुलाई यो सानो सहयोगको लागि धन्यवाद दिएका थिए।

स्मरण रहोस, सामाजिक र मानविय सेवाका कार्यमा सदा तत्पर केदार अाले मगरले यस अघि पनि अाप्रवासी श्रमिकहरूसँग सहयोग संकलन गरी शैक्षिक, सांस्कृतिक क्षेत्र तथा विपन्न र असहायहरूलाइ सहयोग गर्दै अाएका छन् ।


सम्बन्धित शीर्षकहरु

ब्रह्माण्डको उत्पत्तिबारे सबैभन्दा प्रचलित वैज्ञानिक सिद्धान्त बिग ब्याङ्ग हो। यस सिद्धान्तअनुसार करिब १३.८ अर्ब वर्षअघि अत्यन्तै तातो र घना अवस्थाबाट…

दक्षिणी Daraa Governorate को पश्चिमी ग्रामीण क्षेत्रमा रहेको अब्दिन गाउँमा इजरायली सेनाका बख्तरबन्द गाडी र सैनिक प्रवेश गरेपछि स्थानीय बासिन्दा…

हिजो काम विशेषले नेपाली राजदूतावास पुग्ने अवसर मिल्यो। विदेशमा रहेका लाखौं नेपालीका लागि दूतावास भनेको आफ्नै देशको अनुहार हो। समस्यामा…

प्रतिकृयाहरू
...