Sunday 28th June 2026

एक घण्टामै श्रम स्वीकृति – श्रम मन्त्री अर्यालको श्रमिकमैत्री कार्य


वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि एक घण्टामै श्रम स्वीकृति दिन थालिएको छ । श्रम स्वीकृतिमा ढिलाइ हुँदा श्रमिकहरूले खेप्नुपरिरहेको बाध्यता अन्त्य गर्दै एक घण्टामै श्रम स्वीकृति दिन थालिएको हो । अहिले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवश्यक पर्ने सबै कागजात अनलाइनमा मार्फत सबमिट गरेको एक घण्टाभित्रमा नै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालको सकृयताले यो सम्भव भएको हो । मन्त्री अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै कर्मचारीहरूलाई एक घण्टाभित्रमा श्रम स्वीकृति प्रदान गर्नेगरी काम गर्न निर्देशन दिएका थिए । सोही अनुसार कर्मचारी व्यवस्थापन गरि ३ सिफ्टमा काम गर्दा एक घण्टामै श्रम स्वीकृति दिन सम्भव भएको हो ।

वैदेशिक रोजगार विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय ताहाचलमा दैनिक एक हजार देखि एक हजार ५०० जनाले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिने गरेकोमा अत्यधिक चापका कारण उनीहरूले श्रम स्वीकृति पाउन एक सातासम्म कुर्नुपर्ने बाध्यता थियो । अब भने सम्पूर्ण प्रक्रिया पुरा भएको एक घण्टाभित्र श्रम स्वीकृति दिन थालिएको वैदेशिक रोजगार वभगाले जनाएको छ ।

यसअघिसम्म श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनका लागि थुप्रै खालका सास्ती खेप्नु परेको थियो । समयमै श्रम स्वीकृतिको काम नहुँदा श्रमिकहरूको सम्बन्धित देशका फ्लाइट छुट्ने समस्या देखिएको थियो ।श्रमिकहरूले फ्लाइट टिकट काटेर श्रम स्वीकृतिका लागि अनलाइन मार्फत निवेदन दिने तर, श्रम स्वीकृति समयमै नहुँदा निकै सास्ती खेप्नुपरेको थियो । कतिपय समयमा अनलाइन सिस्टममा नै समस्या आएर श्रमिकहरूले श्रम स्वीकृति नै नपाउने समस्या थियो । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्ने हुन्छ तर उक्त सिस्टममा आउने पटक पटकको समस्याका कारण श्रमिकहरूले सास्ती खेप्दै आएका थिए ।

मन्त्री अर्यालको निर्देशन पश्चात ‘वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि, २०७९’ मा संशोधन गरि एउटै व्यक्तिले रूजु गर्ने र श्रम स्वीकृतिको निर्णय गर्ने व्यवस्था गरिएपछि श्रम स्वीकृति दिन सहज भएको हो । अब हरेक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राति ९ बजेदेखि बिहान ४ बजेसम्म गरी तीन सिफ्ट कायम गरेर श्रम स्वीकृति दिन थालिएको छ ।


सम्बन्धित शीर्षकहरु

तनहुँ सेवा समाज कुवेतको चौथो अधिवेशन आगामी १० जुलाईमा कुवेतको मंगाफस्थित मेमोरिज हलमा हुने भएको छ। समाजका अध्यक्ष सोम खत्रीको…

भेनेजुएलामा दुई वटा शक्तिशाली भूकम्प आएपछि अहिलेसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको छ र हजारौं घाइते भएका छन्। दोस्रो भूकम्प…

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

प्रतिकृयाहरू
...