Wednesday 30th September 2026

कांग्रेस दुधले नुहाएको पार्टी होइन : गृहमन्त्री लामिछाने


उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले कांग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गर्नुभयो । उहाँले कांग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताउनुभयो । उहाँले ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि कांग्रेसलाई चुनौति दिनुभयो ।

गृहमन्त्री लामिछानेले कांग्रेसलाई ४ वर्ष नै संसद गरिरहने र यही संयन्त्रले ४ वर्ष काम गर्न पाए अहिले संसदमा उपस्थित कांग्रेसका कतिपय सांसदहरु सांसद नै नरहने बताउनुभयो । चिटिक्क परेर अनियमितता गर्ने काँग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले आफूले कामबाट अहिले उठेका प्रश्नको जवाफ दिने पनि बताउनुभयो ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...