Thursday 1st October 2026

NETBA कुवेतको चाैथो अधिवेशन गोपाल गुरूङको नेतृत्वमा नयाँ कार्य समिति घोषणा गर्दै सम्पन्न


तीतोपाटी – नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतको चाैथो अधिवेशन गोपाल गुरूङको नेतृत्वमा नयाँ कार्य समिति घोषणा गर्दै सम्पन्न भएको छ । अधिवेशन संस्थाकाे आठौ वार्षिक उत्सवकाे केक काटेर हिजो २३ फेब्रुअरी २०२४ को शुक्रबार दिन कुवेतकाे फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो । अधिवेशनले सन २०२४-२६ कार्यकालको लागि गोपाल गुरूङको अध्यक्षतामा ९ सदस्यीय प्रमुख कार्यकारी टिम चयन गरेको छ भने संस्थापक सुन बहादुर तामाङको प्रमुख संरक्षकत्वमा ३ सदस्सीय संरक्षक समित र मनिश के. सी. को नेतृत्वमा ५ सदस्सीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

संस्थाका अध्यक्ष चन्द्र तमाङको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका प्रथम सचिव प्रेमराज गाैतमको प्रमुख अातिथ्यता तथा गैरअावासीय नेपाली संघका केन्द्रीय सदस्या हरि लावती, नेपाल पत्रकार महासंघ कुवेतका सचिव हरि बानिया र INTEGRATED COMMUNITY CENTER (ICC) का प्रतिनिधि MS. JINKI, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका बरिष्ट उपाध्यक्ष वल वहादुर काम्वाङको विशेष अातिथ्य एवं मगर संघ कुवेत कार्यबाहक अध्यक्ष:जय आले मगर,ICC ( INTEGRATED COMMUNITY CENTER ) MEMBER , SKW ,SK, SSK , WADWA , EDWA,कुवेतमा कृयाशिल विभिन्न संघ – संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, व्यवसायी लगायतको आतिथ्यता रहेका थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि गाैतमले संस्थाले गरेका सामाजिक र मानविय कार्यहरूको प्रसंशा गर्दै नेपाली दुतावास कुवेतमा हुने हरेक मानविय र सामाजिक कृयाकलापमा नेपाली समुदायसँग साथ, सहयोग गर्दै अघि बढिरहेको बताउँदै समाज सुधारमा नेपाली समाज कुवेतले चालेका हरेक कदममा दुतावासले साथ दिने बताए । कार्यक्रममा एनआरएन आइसीसी सदस्य हरि लावती,पत्रकार महासंघको सचिव हरि बानिया, तीतोपाटी मिडियाका अध्यक्ष लोमस बास्तोला, संस्थाका संस्थापक अध्यक्ष:सुन बाहदुर तमाङ,ICC प्रतिनिधी MS. JINKI तथा MARIAM, तमू समाज कुबेतको बरीष्ठ सल्लाहकार अमर गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ, कुवेतका बरिष्ट उपाध्यक्ष – वल वहादुर काम्वाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रमको बिच बिचमा सांगीतिक प्रस्तुति रहेको उक्त कार्यक्रम संस्थाका महासचिव हरि थापा र एनअारएनए कुवेतका सचिव रोशन राइले संयुक्त रूपमा संचालन गरेका थिए भने अापसी सहमतिमा सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यकारी समितिको पत्रकार अानन्द अाचार्यले नाम बाचन गरेर घोषणा गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष पाख्रिनले संस्थाको निमन्त्रणालाइ सहर्ष स्वीकार गरि अति व्यस्त समयको वावजुद पनि कार्यक्रममा उपस्थिति जनाइ कार्यक्रम सफल पार्न पुर्याउनु भएको सहयोगको लागि प्रमुख अतिथि, विशेष अतिथि, पत्रकार, खेलाडी, कलाकार लगायत सबैप्रति अाभार व्यक्त गर्दै संस्थाको अधिवेशन सम्पन्न गर्न अहोरात्र खटेर कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सम्पन्न गराएकोमा प्रत्यक्ष/परोक्ष रूपमा लागि पर्नुहुने सबैप्रति कृतज्ञता व्यक्त गर्दै कुवेतको नेपाली समाजमा सामाजिक र मानविय सेवाका कार्यमा सबैसँग हातेमालो र सहकार्य गरेर संस्था अघि बढ्ने र संस्थागत सुधार गर्दै जाने कुरामा प्रतिवद्धता जनाउँदै कार्यक्रमको समापन गरेका थिए ।

सन २०२४-२६ को लागि नवनिर्वाचित कार्यकारिणी समिति यस प्रकार रहेको छ ।

अध्यक्ष- गोपाल गुरुङ
प्रथम उपाध्यक्ष – हरी थापा
द्वितीय उपाध्यक्ष- सानु तमाङ
महासचिव – महेन्द्र राई
सचिव – लेख बहादुर राना
सहसचिव – बाल कृष्ण रान
कोषाध्यक्ष – अक्बिर मोक्तान
सहकोषाध्यक्ष- टंक आले मगर
प्रवक्ता- रेशम लामा

संरक्षक समितिः
प्रमुख संरक्षक – सुन बहादुर तामाङ
संरक्षक – चन्द्र पाख्रिन
संरक्षक राम कुमार श्रेष्ठ

सल्लाहकारहरूः
मनिष के. सी.


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...