Saturday 26th September 2026

कुवेतलाई पाँच लाख सहयोग, चुनाव जिते केन्द्रमा दश करोडको राहत कोष:-महेश कुमार श्रेष्ठ


कुवेत-एनआरएनए केन्द्रिय अध्यक्षका प्रत्यासी महेश कुमार श्रेष्ठ चुनावी माहोल तय गर्न कुवेत आएकाछ्न। कुवेत स्थित एनसीसीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा आफ्नो उम्मेद्बारी केका लागि भन्ने बिषयमा बोल्दै प्रवासी श्रमिकको हकहितको लागि सरकार संग समन्वय गरि निति बनाउन मुख्य भुमिका खेल्ने बताउदै एनसीसी कुवेतले स्थापना गरेको राहत कोषका लागि पाँच लाख दिने र अध्यक्षमा आफु निर्बाचित भए १० करोडको राहत कोष स्थापना गर्ने जानकारी गराए। साथै श्रेष्ठले उक्त रकम बिशेश रूपमा प्रवासी श्रमिकहरुको उद्दार र हितका लागि प्रयोग गरिने प्रष्ट पारे। स्मार्ट एनआरएन आजको आवश्यकता भन्दै आफु नेतृत्वको लागि कुनै पनि सम्झौता नगर्ने बक्ताहरुको जिज्ञासा्मा जानकारी गराएका थिए। विभिन्न मुलुक दौउडाका क्रममा अध्यक्षका प्रत्यासी श्रेष्ठ संगै सचिवका प्रत्यासी कृष्ण जिबि पन्त र अभियान्ता सन्तोष जोसी संगै कुवेत आएका हुन।

उक्त कार्यक्रममा एनआरएनएका अध्यक्ष रणध्वज लामाको अध्यक्षता, बरिस्ठ उपाध्यक्ष दिल कुमार पाख्रीनको स्वागत र महासचिव मनिस केसी र संरक्षक सुजन केसीले संयुक्त रूपमा कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा एनआरएनए कुवेतका महिला उपाध्यक्ष रमिता तामाङ, बरिस्ठ उपाध्यक्ष होमनाथ गिरी, संरक्षक राजेन्द्र तामाङ, आदिवासी जनजाति महासंघका प्रतिनिधि भुमिराज राई, प्रवासी नेपाली एकता मंचका अध्यक्ष युवराज गैरे, प्रवासी नेपाली मन्चका अध्यक्ष राजु थापा, जनसम्पर्क समिति कुवेतका महामन्त्री केशर घलान, पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी लगायतले कुवेतमा श्रमिकहरुका समस्या समाधान गर्न दोहोरो श्रम सम्झौताको पहल गर्न आग्रह गर्दै पछिल्लो पटक दूतावासले खेलेको भुमिकाको खरो रूपमा आवाज उठाएका थिए। बक्ताहरुले राखेका जिज्ञसाका प्रमुख अथिति श्रेष्ठले जवाफ दिएका थिए भने कृष्णजिबि पन्त र सन्तोष जोशीले अध्यक्षका प्रत्यासी श्रेष्ठलाई समर्थन जनाउनुको कारण प्रष्ट पारेका थिए।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...