Saturday 27th December 2025

भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी, ९ जनाको मृत्यु


भारतको तमिलनाडु राज्यको मदुरै स्टेसननजिकै एउटा रेलमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार लखनऊबाट तीर्थयात्री लिएर आएको रेलमा आगलागी भएको हो । ५५ जनालाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् ।

बीबीसी तमिलको मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री रेलबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीले शुक्रबार नागरकोइलमा रहेको पद्मानभा स्वामि मन्दिरको दर्शन गरेका थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार केही यात्रीले रेलभित्रै सिलिन्डर ग्यासँ प्रयोग गरेर चिया पकाइरहेका थिए । त्यहीँबाट आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि घटनाको जाँच भइरहेको अधिकारीहरूले बताएका छन् ।

यसैबीच आगलागीमा मृत्यु भएका व्यक्तिका परिवारलाई भारतीय रेल्वेले प्रतिपरिवार १० लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...