Friday 16th January 2026

समाधान भएन मिटरब्याज पीडितको समस्या, पीडितहरू फेरि धर्नामा


मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न विधेयक ल्याएको सरकारले संसद अवरूध्द भइ विधेयक पारित नभएपछि समस्या झन बल्झिएको छ । मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका हुन् ।

अध्यादेशसम्बन्धी नयाँ कानुन निष्क्रिय भएलगत्तैबाट उनीहरूले आआफ्ना जिल्ला सदरमुकाममा धर्ना र प्रदर्शन सुरु गरेका थिए । फेरि न्याय माग्दै उनीहरू शनिबार काठमाडौंका लागि हिँडेका थिए । पीडितले यससम्बन्धी कानुन छिटो पास गर्न माग गरेका छन् ।

सरकारले अध्यादेश जारी गरेको ६० दिनभित्र संसद्बाट प्रतिस्पधापन विधेयक पारित गरिसक्नु पर्ने भए पनि पछिल्लो दिन विपक्षी दलहरूले लगातार संसद् अवरोध गर्दा अध्यादेश निष्क्रिय हुन पुगेको हो । कानुन नै निष्क्रिय भएपछि दबाब दिन आएका करिब एक हजार पीडितमा अधिकांश महिला, जेष्ठ नागरिक छन् । मिटरब्याज पीडितहरूले गत चैतदेखि न्याय माग्दै आएका छन् । उनीहरू शुरूमा महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर काठमाडौं आएका थिए ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...