Tuesday 9th June 2026

सर्वोच्चले जन्मकैद सदर गरेका रेशम चाैधरीलाइ माफी दिने प्रकृयामा सरकार


सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ । त्यसका लागि राष्ट्रपति पौडेलसमक्ष माफि मिनाहाको फाइल पुर्याइएको छ ।

२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या अभियोगमा जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि सर्वाेच्चले पनि उक्त फैसला सदर गरेको थियो ।

सर्वोच्चले जन्मकैद सदर गरे पनि पूर्वसांसद समेत रहेका चौधरीको बाँकी कैद सजाय मिनाहाका लागि माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयसमक्ष पुर्याइएको हो । हाल चौधरीकी पत्नीमसेत रहेकी रन्जिता श्रेष्ठ मन्त्रीसमेत रहेकी छन् । उनी श्रीमानको रिहाईको सर्तअनुसार नै गठबन्धनमा सामेल भएर मन्त्री बनेको चर्चा छ ।

अहिलेको सरकारी गठबन्धनमा भएको छलफल अनुसार नै रेशमको माफीको तयारी अघि बढाइएको हो जुन अन्तिम चरणमा पुगेको बताइन्छ । रेशमलाई माफी दिएर सरकारलाई थप टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलमा छन् र उनी राष्ट्रपतिलाई यस विषयमा पटकपटक भेटेर वार्ता गरेको बुझिएको छ ।

यहिँ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रेशमलाई सजाय माफी दिन लागिएको छ । चौधरी २०७४ फागुन १५ देखि डिल्लीगार कारगारमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

प्रतिकृयाहरू
...