Thursday 23rd July 2026

नेपालको जनसंख्या अझै पनि ३ करोड भन्दा कम


नेपाल सरकारकत्र केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना-२०७८को तथ्याङ्क सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रम’मा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । पछिल्लो तथ्याङ्क अनुसार सन् २०२१ को नोभेम्बर २५ तारिखसम्ममा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ।

एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा हाल त्यो ०.९२ प्रतिशतमा झरेको पछिल्लो जनगणनाले देखाएको छ।

पुरुषहरूको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् कुल जनसङ्ख्याको ४८.९८ प्रतिशत छ भने महिलाहरूको सङ्ख्या ५१.०२ प्रतिशत (एक करोड ४९ लाख ११ हजार ०२७) छ।

२०७८ को जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या वाग्मती प्रदेशमा रहेको छ । वाग्मती प्रदेशमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ । त्यसपछि मधेश प्रदेशमा ६१ लाख १० हजार जनसंख्या रहेको छ । सबैभन्दा कम जनसंख्या भएको प्रदेश भने कर्णाली हो । कर्णालीमा कुल जनसंख्याको ५.७९ प्रतिशत जनसंख्या रहेको छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...