Saturday 4th May 2024

पुजिवादको इशारामा रूमल्लिएको हालको नेपाल


बिमल कुमार दहाल – फागुन १ गतेको दिनलाई कृते बुद्दिजिबिहरुले जुन सुकै दिबसको रुपमा मनाउन् तर यहि दिनबाट नेपाली जनताको भविष्य अन्धकार हुन सुरु भयो । सन्सारलाई हामीले जुन नजरले देखिरहेका छौ त्यो हामीले सहि देखेका छैनौ। हामीलाइ निश्चित पूजिपती बर्गले जुन कुरा देखाउन खोजेका छन मात्र त्यो हामीले देखिरहेका छौ। यो ब्यवस्थामा मेरो कुनै आपत्ती हैन तर सिद्दान्त र ब्यबस्थाको बिपरित जनतालाइ सपना मात्र देखाइयो भन्ने कुरा मुख्य हो। मुख्यतया माओबादीका साथीहरुलाइ घमण्ड छ, बोल्ने अधिकार हामीले ल्यायाैं भन्ने तर उनीहरु पूजिबादीहरुको फाइदाको लागि प्रयोग भएको कुरा उनीहरुलाइ पनि थाहा छैन। जब देसबाट राजा हटेका छन तब देस भु राज्नैतिक चपेटा भित्र रुमलिएको छ। देस भित्रका गोप्य सुचनाहरु लिक भएका छन। देसभित्र अन्य देसका जासुसहरुको इसारामा राजनैतिक हेरफेर देखि सरकार ढाल्नेसम्म काम भएका छ्न पररास्ट्र नीति कमजोर छ। भारतीयहरुको हालीमुहाली छ। सत्य तथ्य लुकाउन मिडियाबाजी चलिरहेको छ। यो सब यी नेताले गर्दा हो। कमजोर नितिले गर्दा भएको हो। जसलाइ मजबुत बनाउने क्षमता न प्रचण्डसँग छ न के पि न त सेर बाहादुरसँग ।

१२ वर्ष लागाएर बनाएको संविधान भित्र कति कमजोरी छन भन्ने कुरा पनि बिस्तारै हामीले बुझ्दै गएका छौ। नेपालको नितिहरुमा धेरै छिद्रहरु छ्न। यिनीहरुलाइ सुधार्न राजनीतिक दलहरू बिच नै कुरा मिल्दैन। २१ औ सताब्दीमा सबै देसहरु शक्ति केन्द्रीत गर्ने होड्बाजिमा छ्न। यय क्रममा महाशक्ति भनिएकै देसहरुबाट गैरकानुनी कृयाकलापहरु चल्दै आएका छन। त्यसले नेपाल जस्ता गरिब मुलुकहरुलाइ धेरै प्रभाप पारेको हुन्छ। यस्तो आबस्थामा हाम्रो नीति बलियो भएन भने देस दलदल भित्र फसेको मानिस जस्तै हुन्छ । यी सबै कुरा बुझेका नेपाली नेतृत्वकर्ता कमिसन को चक्करमा ब्यस्त हुनाले आज युवाहरु बिदेसिन बाध्य भएका हुन। देसमै गरेको लगानिको सुरक्षाकोको जिम्मेवारी लिन असमर्थ छ हाम्रो नीति । लगानी गरि फसेका कैयाैं नेपाली ब्यापारी आज बैकको रिण चुक्ता गर्न खाडीमा लेवर काम गरेर आफ्नो सारा जिन्दगानी खाडीलाइ सुम्पिएका कौयौ तथ्यहरू छन । यस्तो अबस्थामा देखाइएको कुराको पछाडी लागेर लागेर हामीले हाफ्नो खुट्टामा आफै बन्चरो हानेका हौ।

प्रचण्डले आफ्नो बिबेकले जनयुद्द सुरु गरेका हुन भन्ने सोच्नु हुन्छ भने तपाइहरु भ्रममा हुनु हुन्छ । उनी पनि परिचालित हुन। आजसम्म परिचालित नै छन। देसबाट राजा हाटाइनुको मुख्य कारण नै देसको नीति कमजोर बनाइ गोप्य सुचना हात पार्नु हो। यय भित्र नेतृत्व गर्ने सबै नेताहरु पिल्सिएका छन। यो केबल बिस्तारै देसलाइ अस्थिरता र अराजकता तिर लैजादै नेपालको अस्तित्व मेटाउने खेल हो। जुन भरत लगायत निश्चित पुजिबादीहरु मिलेर वर्सौ देखि डिजाइन गरिरहेका छन।

देसभित्रका कुराहरु मात्र नियाल्ने हो भने अबस्था नाजुक देखिन्छ। कयौ कमजोरीहरु छन् । शिक्षा, स्वास्थ, पिउने पानी, रोजगारी जुन एकदम साधारण समस्यहरु हुन यी समस्यहरुलाई पनि ब्यवस्थित गर्न सकिएको छैन। माओबादी २०६४ सालमा १ तिहाइ बहुमत ल्याएको पार्टी आज ३३ सिटमा सिमित किन भयो? आज कोठामा बसेर मस्त wifi चलाउदै सिदान्त र स्वतन्त्रताको बारेमा सामाजिक सन्जालमा पोस्ट्याउदै बस्ने कम्रेडहरुले नियाल्नु भएको छ? अह छैन। किन कि ती जनतालाई परिवर्तन आएको छैन जसलाइ सच्चै नै परिवर्तनको खाचो थियो। पर्दा अगाडिका मात्र देख्ने बुद्दिजिबिलाइ परिवर्तन आएको हो। तपाईं कम्युनिस्ट्को सिदान्त बोकेको पूजिबादी हो जस्तो लाग्दैन? यो हो त परिवर्तन? प्रत्येक प्रमाण अगाडि छ तर तपाईं देख्नु हुन्न आजका कुनै पनि पार्टिका कार्यकर्ताले देख्दैनन। चाहे त्यो एमाले होस या कांग्रेस ।

जुन बेला पनि परिवर्तनको कुरा सुन्छु रगत उम्लिन्छ। बाबुउको उपदेश नसुनेर शत्रुसँग हात मिलाउदाको अबस्था हो नेपाल। प्रत्यक शिर्षकमा सुधृणीकरण गर्न जरुरि छ। हो कमजोर देसमा केही अन्तर्राष्ट्रिय व्यवधान आइपर्छ तर आफ्नो देसको नीति सुधार्न लाग्ने कि उनीहरुको इसारामा नीति बनाउने। यसबाट के बुझ्ने के प्रचण्ड देउबा ओलि पनि पर्दा अगाडिको लहलहैमा मात्र लेगेका हुन कि सम्पती जमाउने होडमा? एउटा राजनेता भएपछी आफ्नो पुस्ता मात्र हैन कैयाैं पुस्ताको लागि सोच्नु पर्छ। आजका निर्णयहरुले भोलिका दिनहरुमा नित्याउन सक्ने बेफाइदाहरु नियालेर निर्णय लिनु पर्छ। राजनैतीक स्वर्थका लागिमात्र निर्णय गर्नाले देस यस्तो अबस्थामा आइपुग्यो। कमरेडहरुको भगवान प्रचण्ड राजनेता हैनन् मात्र एक परिचालित ब्यक्ति हुन जसलाइ मात्र सत्ताको मोह छ। उनको पुस्ता पछिको उनलाइ कुनै मतलब छैन । र देसलाइ अराजकता तर्फ धाकेल्न सुरुवात भएको दिनलाइ दिबसको रुपमा मनाउनु भनेको पर्दा अगाडि जे छ त्यो मात्र देख्नेहरुले हो। जसले पर्दा पछाडी देख्ने बौदिक क्षमता राख्दैन।

बेनेपा, काभ्रे
हालः युनाइटेड अरब इमिरेट्स


सम्बन्धित शीर्षकहरु

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

प्रतिकृयाहरू
...