Tuesday 14th July 2026

कविताः सामाजिक सञ्जाल हटाएको छु -सुशिल बस्याल


म तिम्रै कारण धेरै पछि पर्दै गएको छु
जितेका दिन पनि सधै हारेको छु
फेसबुक टिकटकले गर्दा संकटमा परेको छु
त्यसैले त आज सामाजिक सञ्जाल हटाएको छु ।

कैले जापनिज वाली त कैले युरोपेली
बस्न सकिन म आफ्नो मन सम्हाली
तिम्ले छोडेपनि पिडा त खटाएको छु
तिम्रै कारण सामाजिक सञ्जाल हटाएको छु ।

भाग्यमानीले टिकटकले गर्दा कार चलाउछ
कसैको त अति नै भयो भैसी बेचाउछ
यिनै सञ्जालले गर्दा सस्कार, सभ्यता हराउछ
अर्काको श्रीमान श्रीमती मन पराउने बाध्यता बनाउछ ।

लाईक कमेन्ट नगर्दा सधै साथी रिसिन्छ
मेरो फोटोमा उसले लभ रियक्ट गर्न बिर्सिन्छ
साथी भाइको सम्बन्ध सञ्जालले बिग्राछ
जागँरिलो मान्छेलाई पनि अल्छी बनाउँछ ।

लाईन नगै घरमा पनि गफगाफ चल्दैन
सानो भाई बैनीले पनि किताव समाउदैन
इन्टरनेट नभाको ठाँउमा पुग्दा खल्लो भएको छ
बृद्द बा लाई नि टिकटक चल्ने मोबाईल चाहिएको छ ।

राम्रो फाईदा पनि छ सञ्जालको तारिफ गरिन
म पनि तपाईहरु भन्दा केहि फरक परिन
केहि दिनलाई सञ्जाल हटाउने निर्णय गरेको छु
त्यहि फुर्सदले त आज कलम चलाएको छु ।

सुशिल बस्याल ‘ राष्ट्रप्रेमी ‘
पाल्पा ,बगनासकाली
नोटः उहाँ ‘एक घर एक लालीगुराँसको अभियान्ता’ पनि हुनुहुन्छ ।


सम्बन्धित शीर्षकहरु

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

अमेरिका–इरान द्वन्द्व तीव्र बन्दै गएको छ। सैन्य आक्रमण, हर्मुज जलडमरूमा तनाव, तेल आपूर्तिमा असर र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक…

प्रतिकृयाहरू
...