Tuesday 24th February 2026

कुवेतमा चौतारी रेस्टुरेन्टको अर्को शाखा पन्चेबाजा घन्काउदै गरियो उद्घाटन


तितोपाटी- कुवेतको मालिया सिटीमा रहेको चौतारी नेपाली रेस्टुरेन्टले आफ्नो शाखा महबुल्लामा संचालनमा ल्याएको छ  । मालिया सिटीमा २०१४ देखि चलिरहेको चौतारीको नयाँ शाखा बिहीवार औपचारिक रूपमा संचालनमा आएको हो । कुवेतमा होटेल ब्यबसायमा छुट्टै पहिचान बनाउन सफल  राजु कार्की र सुजन केसीका लगायतको संयुक्त लगानीमा उक्त नेपाली रेस्टुरेन्ट संचालनमा आएको हो  । चौतारी  समुहले केहि महिना पहिला मालिया सिटीमा डाम्प़ा रेस्टुरेन्ट समेत संचालनमा ल्याएको छ ।

May be an image of 3 people, people standing, balloon and indoor

बिहिबार चौतारी रेस्टुरेन्ट महाबुल्ला शाखा कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारीले उद्घाटन गरेका थिए ।पन्चे बाजा घन्काएर गरिएको उद्घाटन कार्यक्रममा कुवेत स्थित  नेपाली दुतावास परिवार, कुवेतका लागि भुटानका राजदुत सहित नेपाली संघ सस्थाका प्रतिनिधि  बुद्दिजिबी समाजसेवी   पत्रकार लगायतको उपस्थिति रहेको थियो।

पछिल्लोपटक कुवेतमा नेपालीहरुको रेस्टुरेन्ट ब्यावसायमा आकर्षण बढ्दै गएको छ। कुवेतका मुख्य सिटीहरु फाइल, फर्वानिया, मालिया , सालिमिया, महाबुल्लामा नेपालीहरुले रेस्टुरेन्ट संचालन गर्दै आएका छन ।

May be an image of 3 people and people standingMay be an image of 9 people, people sitting, people standing and indoorMay be an image of 7 people and indoor


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...