Monday 27th October 2025

जजिराले फेरी थप्यो दुई जहाज


कुवेत बेस भएको प्राईभेट विमान सेवा कम्पनी जजिराले फेरी दुई वटा जहाज थपेको छ । उक्त दुई नयाँ जहाजलाई १० अक्टोवरका दिन कुवेत स्थित विमानस्थलमा एक समारोहका विच स्वागत गरिएको थियो ।

सन २००४ बाट शुरु भएको उक्त बायुसेवासँग सन २०२१ सम्ममा १८ वटा जहाज रहेका थिए । अहिले उक्त जहाजको संख्या २८ हुनेवाला छ र सन २०२६ सम्ममा जजिराले उक्त संख्या थपेर ३५ बनाउने घोषणा गरेको छ । तपाई अब आफै तुलना गर्नुस नेपालको राष्ट्रिय ध्वजा बाहक विमान कहिलेबाट शुरु भएको थियो र अहिले कति छन ।

जजिराले आफनो सेवाका लागि ५० गन्तव्य मुलुकमा उडान गर्ने गर्दछ । नेपालमा पनि एउटा काठमाण्डौ र अर्को भैरबहा गरी सातै भरि जजिराको नियमित दुई उडान हुने गरेको छ । जजिराले सन २०२१ पछि भित्रयाउने विमानहरु अति आधुनिक र सुविधाजनक छन । मुख्य कुरा त विगतका विमानको तुलनमा अहिले भित्रयाएको ए ३२० एनई नामको विमानले १८ प्रतिशत कम तेल खाने गर्दछ । यो आकाशका लागि बातावरण मैत्री छ भनिन्छ । जजिराको टिकट मुल्य पनि तुलनात्मक रुपमा सस्तो छ भने कुवेतको टर्मिनल ५ आफ्नै भएका ले डिर्पाचर र एराईभलमा यात्रुलाई निक्कै सहज छ ।


सम्बन्धित शीर्षकहरु

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका…

तितोपाटी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ…

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

प्रतिकृयाहरू
...