Sunday 14th September 2025

कुवेतमा कार्यस्थलमा दुर्घट्नाका कारण नेपाली कामदारको मृत्‍यु


हरी कृष्ण न्यौपाने – कुवेतको अडनोक(ADNOK)कम्पनीमा आएर त्यस कम्पनीबाट भागेर केही समय देखी अबैधानिक कामदारको रुपमा लुकेर काम गर्दै आएका देबागन्ज-६, सुनसरीका सराज अंन्सारीको कार्यस्थलमा दुर्घटनाको कारण मृत्‍यु भएको छ।

गत अगष्ट ४ तारिक,२०१८का दिन अंसारी निर्माण क्षेत्रमा कामगर्दाको समयमा लडे पछी उनलाई तत्काल कुवेतको आदन अस्पातलमा पुर्याइएको थियो।अत्याधिक रक्तश्राब र घाऊ-चोटको कारण अंसारीको मृत्‍यु भएको अस्पातलले पुष्टी गरेको छ।

नेपाली दूतावासका प्रथम सचिब भोगेन्द्र लिंङदेनले तितोपाटी डट कम संग भने” २८ बर्षिय अंसारीको कार्यस्थलमै दुर्घटनाको कारण मृत्‍यु भएको तथा उनी अबैधानिक रुपमा काम गर्दै आएका थिए।आबश्यक प्रकृया पुरा गरेर अंसारीको परिवार संग संपर्क गरी आज अगष्ट १४ तारिक उनको शबलाई नेपाल पठाइएको छ।”


सम्बन्धित शीर्षकहरु

पूर्वप्रधानन्यायधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् भने उनलाइ केही बेरमा सपथ खुवाउने कार्यक्रम रहेको छ । उनलाई…

जेएन जी को दुई माग मध्ये ओली सरकारले राजीनाम अघि एउटा पुरा गरिसकेको थियो । अर्को माग करप्सन को हो…

इजरायलले बुधबार यमनी राजधानी साना र उत्तरी प्रान्त अल-जौफमा आक्रमण गरेको थियो, हुथी मिडियाले आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...