Thursday 14th May 2026

कहिलेसम्म आरक्षणमा सरकरी जागिर?


इश्वर खत्री,तितोपाटी- समय को खेल हो जिन्दगी त्यस्तै भयो मसंग पनी, मैले यी बसन्त हरु पार गर्दै गर्दा ।

समय बित्दै जादा स्नातक सम्म को प्रमाणपत्र जम्मा गरे । त्यती हुँदा हुदै पनि मलाई सरकारि जागीर खान को लागी पैसा पहुँच कोआभाव मा ती प्रमाणपत्र हरु सिरानी हाल्ने बाहेक काम नलागे पछी। बिदेश जाने लहर नै चलेको ले मैले पनि राम्रो देश जाने सोचमा थिए।

बिड्म्बना सायद मिहेनत पुगेन या भाग्यमा थिएन दुई पट्क सम्म को प्रयास बालुवा मा पानी सरि भयो ।अनन्त हाल खाडी मा श्रम बेच्नबाध्य छु । ज़िन्दगी पनी बड़ा गजबको छ। चाहाना अरु केही थियो तर भइदियो अरु केही। हजार पटक त्यो ठाउमा पुगे जहा हर कसैलेसपना देख्ने गर्छ। पटक पटकको प्रयासको असफल पछी छिन्न भिन्न भएर खाडीको यो रापमा आज संघर्ष गरीरहेको छु।

त्यस कारणले पनी म भन्ने गर्छु पिछडिएको वर्गलाई दया देखाउनुभन्दा पनि अवसर र अधिकार दिन सक्नुपर्छ । आरक्षण केवल राज्यबाट दया देखाइएकाले यसले सम्बन्धित वर्गको उत्थान सहीरुपमा हुन सक्दैन।

मेरो विचारमा आरक्षणले समाजमा वर्ग छुट्टाएर कुनै वर्गलाई कमजोर वर्ग छ, यसलाई दया र मायाले केही ठाउँ दिनुपर्छ भन्ने मान्यताको विकास गरेको छ । यस्तो अवस्थामा आरक्षणकै कारण म र म जस्ता हजारौ सक्षम युवाहरु समेत सम्बन्धित क्षेत्रमा पुग्न सकीदैनौ।

त्यस कारणले पनी आरक्षण सक्षम व्यक्तिहरुलाई पाखा लगाउने र अयोग्य व्यक्तिहरुलाई स्थान सुरक्षित पारिदिने गलत प्रविधि हो।

सरकारि जागीर सबै मा समान रूपमा बाडिनु जरुरी छ ।साथै कोटा को आधार मा भन्दा पनि क्षमता को आधार मा छानिनु जरुरी छ।किनकि कुनै गरिब कथित  माथिल्लो जात भयकै कारण ले बन्चित हुनु  र उ खाडी मा श्रम बेच्न बाध्य हुनु यो कहा को न्याय हो ?


सम्बन्धित शीर्षकहरु

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

प्रतिकृयाहरू
...