Monday 22nd June 2026

कुसुम ज्ञवालीको कवित “फेरि पनि ठगिए बा”


म फेरि पनि ठगिए बा
तिमी अक्षर नचिनेर ठगियौ
म चिनेका अक्षरहरुबाट ठगिए बा
ठगिए म फेरि पनि ठगिए बा ।
मलाई ठग्न सिकाएनौ किन बा?
मलाई अक्षर चिन्न सिकायौ किन बा ?
तिम्रा अक्षरका अक्षरले अक्षर अक्षरमा
किन ठगी रहन्छन् मलाई बा ?

तिमीले आफन्त चिनायौ
तिम्रा आफन्तका आफन्तले आफन्त आफन्तमा
किन ठगी रहन्छन् मलाई बा ?
देशमा परिवारवाद छ भनी
चुनाव भरि काकाले हिनाए
मेरो आफ्नै छोरो भनी पार्टीलाई चिनाए
जिते पिए दिउला भनी
रातभरि भोट गिनाए
जिते काकाले
अहिले उनका साला
जेठान, भदै भरि रह्न्छ्न ।
किन प्रत्येक चुनाव
अनि चुनाबको चटकले
ठगी रहन्छन् ?

तिमीले दिएको शिक्षा
जनैमा साँचो बानेस
आफुभन्दा ठुलाले भनेको मानेस
झुठो बोल्न हुन्दैन जानेस
सबै अहिले ब्यर्थ भएका छन बा
किन तिम्रो कुराले मलाई डसिरहन्छ बा ?
किन इशारा मात्रै बुझ्ने लाटोले पनि
मलाई ठगी रह्न्छ बा ?
पिपलमा पानी चढा
मन्दिरमा फल चढा
अवस्था न बुझी थुतुनो र मुतुनो नचला
तिम्रा यि ज्ञान् अर्ति बुद्धि
फगत तिमी र म सङ्ग मात्रै रहे
पिपल काटी पिर्का बेच्ने
करोड पति भए
मन्दिर मासी महल बनाउने
अरब पति भए
केबल थुतुनो चलाउने
मन्त्री राष्ट्रपति भए
मुतुनो चलाउने महा पुरुष भए
तिम्रा आदर्श भनेको वाक्यहरुबाट
ठगिए बा, म फेरि पनि ठगिए
मगज बनाउन लगिएको थियो
जसलाई राची
उसैबाट पनि ठगिए बा

कुसुम ज्ञवाली


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...